रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन, एक सय २० जनाको निःशुल्क स्वास्थ्य परिक्षण

पोखरा । पोखरा लेखनाथ-२२ पुम्दी भुम्दी स्थित पुम्दीकोट युवा क्लवले शनिवार गरेको वृहत रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ । सोहि कार्यक्रममा गरिएको निःशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत एक सय २० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

कार्यक्रममा कास्की क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद रामजी बराल ‘जीवन’लाई बधाई तथा सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले जनताको चाहना अनुरुप नै जनप्रतिनिधिहरुले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

क्लवका अध्यक्ष सुरज बरालको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रकान्त बराल, खेमराज पौडेल, नरनाथ बराल, शिवराज बराल, सरितादेवी शर्मा लगायतले बोलेका थिए । क्लवका सचिव सुमन बराल संचालक गरेको कार्यक्रमको स्वागत ढाकमोहन बरालले गरेका थिए ।

रेडक्रस कास्कीको प्राविधिक सहयोगमा भएकोे रक्तदान कार्यक्रममा निःशुल्क स्वास्थ्य परिक्षणको लागि रोट्रयाक्ट क्लव अफ पोखरा न्यूरोड र रोट्रयाक्ट क्लव अफ मणिपालले सहयोग गरेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment