पुम्दीकोट युवा क्लवले शनिवार वृहत रक्तदान तथा सांसद सम्मान कार्यक्रम गर्ने

कमल बराल/पोखरा ।

पोखरा लेखनाथ-२२ पुम्दी भुम्दी स्थित पुम्दीकोट युवा क्लवले शनिवार वृहत रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण तथा सांसद सम्मान गर्ने भएको छ । रेडक्रस कास्कीको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षणको लागि रोट्रयाक्ट क्लव अफ पोखरा न्यूरोड र रोट्रयाक्ट क्लव अफ मणिपालले सहयोग गर्ने संस्थाका अध्यक्ष सुरज बरालले जानकारी दिए ।

साथै संस्थाले कास्की क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद रामजी बराल ‘जीवन’लाई बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष बरालले बताए।

कार्यक्रम शनिवार विहान ८ वजेदेखि पोखरा लेखनाथ-२२, लुकुन्स्वाँरा स्थित क्लव भवन परिसर पुम्दीभुम्दीमा हुने आयोजक पुम्दिकोट युवा क्लवले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment