बार्सिलोनामा नेइमारको ठाउँमा अव डेम्बेले

एजेन्सी ।

स्पेनिस क्लव बार्सिलोनाले नेइमारको ठाँउमा उसमान डेम्बेलेलाई भित्राएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड डेम्बेलेलाई अनुबन्ध गरेको हो ।

डेम्बेलेलाई बार्सिलोनाले ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो तर यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्ने बताइएको छ । अनुवन्धसँगै डेम्बेले विश्वका दोस्रो महंगा खेलाडी बनेका छन् ।

डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको हो । सम्झौतापछि डेम्बेलेले बार्सिलोना आउने आफ्नो सपना पूरा भएकोमा खुशी रहेको बताएका छन् ।

बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ । नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्राउन गरेको पटक पटकको प्रयास असफल भएको थियो ।

डेम्बेलेले एघार नम्बरको जर्सी लगाएर बार्सिलोनाका लागि खेल्नेछन् । उक्त जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment