शुक्रराज उमाविका भूपु विद्यार्थीहरु शनिवार वनभोज जाने

पोखरा । पोखरा लेखनाथ २२ मा रहेको श्री शुक्रराज उच्च माविका भूपु विद्यार्थीहरु शनिवार वनभोज जादैछन् । भूपु विद्यार्थीहरु र विद्यालयविचको सम्वन्ध नजिक बनाउनको लागि वनभोज जाने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक फणिन्द्र बरालले जानकारी दिए ।

माछापुच्छ्रे भ्यु पोईन्टमा वनभोज कार्यक्रममा शुक्रराज उमाविमा २०५८ सालमा एसएलसी दिएका विद्यार्थीहरु जाने बरालले जानकारी दिए । यस अगाडि पनि विद्यार्थीहरु नजिक बनाउने उद्देश्यले वनभोज कार्यक्रम गर्दै आएको संयोजकले बरालले बताए । साथै उनले सम्पूर्ण भूपु विद्यार्थीहरुलाई वनभोज कार्यक्रममा उपस्थित हुन अनुरोध पनि गरेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment