संघीय शासन भनेको सबै काम यही गर्छौ भनेको हो : राजिव पहारी

पोखरा । मुद्रण उद्योग संघ कास्कीको आठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन पुरुन्चौर कास्कीमा सम्पन्न भयो। उक्त कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पहारीले मुद्रण व्यवसायीलाई परेका हरेक समस्या समाधानका लागि आफू तयार रहेको बताए। उनले व्यवसायिक लगानीमार्फत आर्थिक समृद्धि सम्भव भएको भन्दै मुद्रण व्यवसायले समृद्ध पोखराको परिकल्पनालाई साकार बनाउने विश्वास व्यक्त गरे। त्यसै गरी पोखरालाई समृद्ध बनाउनको लागि स–साना कुरा ध्यान नदिईने समस्याले ठूलो असर परेको जनाएका थिए।

त्यसै गरी पोखरामा नै गुणस्तरीय छापाखाना हुँदा हुँदै राम्रा छापाखाना हुँदा हुँदै सरकारी अड्डा अदालतले, नगरपालिका, जिविसले यही पोखरामा नै छाप्नुपर्ने शासनसक्तालाई विकेन्द्रीकृत छाप्ने कुरालाई केन्द्रीकृत गर्ने हो भने किन चाहियो यो विकेन्द्रीकृत साशन किन चाहियो संघीय शासन। संघीय शासन भनेको त यो भित्रका सबै काम यही गर्छौ भनेको हो। छाप्ने कुरा काठमाण्डौ र डिल्ली खोज्ने शासन चाही संघीय खालको अपनात्व खालको खोज्ने यसको निम्ति छापाखानाले पहल गर्नुपर्र्ने बताएका थिए।

काठमाण्डौंको मानसिकता पोखरामा बस्ने पर्यटकलाई सिण्डिकेट लागाई काठमाण्डौबाट अन्तै टे«किङ पढाईदिने पोखरा मा ५ दिन बस्छु भन्ने पर्यटक १ दिन भन्दा बस्न पाउँदैन उसको भिषा समय सकिएको हुन्छ जसले गर्दा यस्ता समस्या परेको जानकारी गराएका थिए। त्यसै गरी रत्न मन्दिर र हिमालयलाई क्वाटर बनाउने कुरामा आएकोमा आफू त्यसको विरोधी भएको र त्यसलाई बृद्धाहरु बस्ने पार्क बनाइनुपर्ने बृद्धबृद्धाहरुले मर्निङवाक गर्ने, घुम्न पाउनुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पदमलाल श्रेष्ठले स्वागत मन्तब्य एवम् संस्थाको बारेमा जानकारी व्यक्त गर्नुका साथै पोखरामा अहिले सम्म ६६ वटा छापाखाना आवद्ध रहेकोमा १ हजार जनालाई रोजगार दिएको छ। छापाखाना उद्योगहरुले न्यूनतम २० लाख देखि १० करोड सम्मको लगानी गरेको भएपनि लगानी अनुसार मुनाफा नभएको जानकारी दिएका थिए।

त्यसैगरी कार्यक्रममा बोल्दै युनाइटेड अफसेट प्रेसका उमनाथ बरालले अस्वस्थ्य प्रतिस्पर्धाले व्यवासीलाई मारमा पारेको हुँदा एकतावद्ध भई अगाडी बढ्नुपर्ने जनाएका थिए।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्वको तर्फबाट बोल्दै कृष्ण शर्मा तिवारीले अघिल्ला समयमा काम गर्न चाहने सँग पैसा नभएको र ऋण लिएर काम गर्न सक्ने अवस्था पनि नभएको हुँदा छापाखानाहरु अगाडि बढ्न नसकेको दुखेसो पोखेका थिए। अहिले आएर पोखरामा आधुनिक मेशिनबाट छपाई हुने गरेको थाहा पाउँदा आफू हर्षित भएको जनाएका थिए। भने त्यसै गरी ए वन कन्टिन्यु प्रिन्टिङ प्रेसका सञ्चालक तेजेन्द्र बजिमयाले २८ सालबाट पोखरामा छापाखाना सुरु भएको र घरेलु तबरले चलिरहेको छापाखानाको व्याख्या गरेका थिए। भने नेपाल सरकारले लिने करमा भारतबाट छपाई आएका कितावहरुमा १ प्रतिशत भन्दा कम भन्सार कर लिने तर त्यही बाट ल्याईएका पेपर, मसी लगायतका सामानहरु नेपाल भित्र्याईदा ३१ प्रतिशत सम्मको कर लगाईनुले गर्दा नेपालमा व्यवसाय गर्ने मुद्रण व्यवसायीलाई चर्को मार परेको बताएका थिए। यस्तो नियमलाई नेपाल सरकारले तुरुन्त समस्या पहिचान गरि समस्यालाई समाधान गर्न समेत सुझाव दिएका थिए।

त्यसै गरी संस्थाका सल्लाहकार ग्लोवल मसलन्द उद्योग का सञ्चालक देविप्रसाद अर्यालले एक गाडी किताबी सामाग्री भारतबाट ल्याउँदा रु.५६५ तिर्नुपर्ने र तिनै कितावको छपाईको लागि चाहिने आवश्यक सामाग्री ल्याउदा चर्को कर तिर्नुपर्ने जस्ता समस्याले गर्दा मुद्रण उद्योग संस्थाहरुले सस्तो तथा गुणस्तरीय सामाग्रीहरु ग्राहकमा दिन नकसेको गुनासो व्यक्त गरेका थिए। भने पोखरामा खुलेको पहिलो लक्ष्मी छापाखाना, द्वितीय तुलाचन छापाखाना र तेस्रोमा गण्डकी छापाखाना खुलेको जनाएका थिए।

कर्यक्रमकै अवसरमा पोखरामा अग्रज प्रेस भित्र्याउने संस्थापक मुद्रण व्यवसायी सिग्देल मुद्रणालयका चित्राङ्गत सिग्देल, गण्डकी छापाखानाका कृष्णजी शर्मा तिवारी, शिवशंकर अफसेट प्रेसका बसन्तलाल बजिमय, मनकामना अफसेट प्रेस (नवदुर्गा) का तीर्थलाल श्रेष्ठ, श्रीनगर पेसर सप्लायर्सका राजु बैद्य लाई सम्मान गरिएको थियो।

अध्यक्ष महेन्द्र बजिमायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गिरबहादुर श्रेष्ठ (किरण) र जिवन गोर्खाली ले गरेका थिए।

मुदण उद्योग संघ कास्कीको अध्यक्षमा पदमलाल

मुद्रण उद्योग संघ कास्कीको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा प्रतिक अफसेट प्रेसका पदमलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
संस्थाका आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति र दुईवटा उपसमिति चयन भएको हो। उक्त समितिमा बरिष्ठ उपाध्यक्ष रोजिना अफसेट प्रेसका गिरबहादुर श्रेष्ठ (किरण), द्वितिय उपाध्यक्ष कञ्चन कम्प्युटरका चिन्तामणि बास्तोला, तृतीय उपाध्यक्षमा न्यू सृजना छापाखानाका सुभास सिग्देल, महासचिवमा गोर्खाली अफसेट प्रेसका जिवन गोर्खाली, सचिवमा शिवशंकर अफसेट प्रेसका निरन्जन बजिमय कोषाध्यक्षमा कोहिनुर अफसेट प्रेसका बसन्त बास्तोला, सदस्यहरुमा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ, फिस्टेल पब्लिकेशनका रामप्रसाद भुर्तेल, ओजन अफसेट प्रेसका प्रकाश पौडेल, रोजी प्रिन्टीङ हाउसका विष्णु अधिकारी, दि मोर्डन अफसेट प्रेसका दिनेशचन्द्र बास्तोला त्यसैगरी मूल्य निर्धारण उपसमितिमा रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित र व्यवसाय प्रवर्धन उपसमितिमा अनन्त अफसेट प्रेसका अनन्त प्रधानाङ्ग रहेका छन्।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment