सुरेन्द्रको चोखो माया सार्बजनिक

काठमाडौं । ‘स्मरण’ नामक एल्बम बजारमा ल्याएको केही समयको अन्तरालपछि सुरेन्द्र थपलियाले फेरि अर्को म्युजिक भिडियो ल्याएका छन् । स्मरण एल्बमको डोईट गीत चोखो माया दिन्छु तिमिलाईको भिडियो सार्बजनिक गरियको छ ।

राम सिटौलाको सङ्गीतमा दिपक लिम्बु र देभिना भट्टराईले आवाज दिएको उक्त गीतमा मुकेश अधिकारी र कशिस दाहालको अभिनय रहेको छ । दिनेश अधिकारीको निर्देशन गरेको उक्त भिडियो जनक अधिकारीले खिचेका हुन । भिडियोको सम्पादन भने बिरेन्द्र भट्ट बिपिन र दिलिप योन्जनको रहेको छ ।

हिटस एफ एम म्युजिक अवार्ड पाउन सफल यो एल्बममा चार वटा गीत समाबेश गरिएको छ । पहिला नै एउटा गीतको भिडियो सार्बजनिक गरिसकिएको उक्त एल्बमको यो दोस्रो भिडियो हो ।

अब छिट्टै अर्को भिडियो पनि सार्बजनिक हुने रचनाकार सुरेन्द्र थपलियाले जानकारी दिए । शब्द रचना मर्फत साङ्ग्गीतिक फाँटमा आएका सुरेन्द्रले आफ्नो एकल शब्द रचनामासँगै उनी चर्चामा आयका थिए् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment