नवलपुर उद्योग वाणिज्य संघको सचिवमा खगिसराको दावी

नवलपुर । नवलपरासी वर्दघाट सुस्ता पूर्वको नवलपुर उद्योग वाणिज्य संघको सचिव पदमा उद्यमी महिला सदस्य खगिसरा लामिछाने (पुनम) ले दावी गरेकी छिन् । यहि पुस २१ गते हुने सातौं साधारणसभा तथा चौथौं अधिवेशनका लागि स्वालम्वी तथा कार्य क्षेत्रमा सक्रिय खगिसरा लामिछानेले काँग्रेसको तर्फबाट सचिव पदमा दावी गरेकी हुन् । विभिन्न सामाजिक काममा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी लामिछानेले विभिन्न संघ संस्थामा आबद्ध भएर महिलाहरुको लागि आत्मनिर्भर्ताको लागि तालिम दिदै आएकी छिन् ।

नयाँ जिल्ला घोषणा भएपछि हुन लागेको पहिलो निर्वाचन भएकोलेपनि यसलाई सर्वत्र चासोको रुपमा हेरिएको छ । अधिवेशनमा दलीय प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ नेतृत्व चयनका लागि मंगलवारदेखि शुरु हुने निर्वाचन प्रकृया अन्तर्गत शुक्रवार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत चेतनारायण भुसालले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि काँग्रेस र कम्युनिष्ट निकट (वाम गठबन्धन) व्यवसायीले प्यानल खडा गरेका हुन् । वाम गठबन्धनका तर्फबाट डासुराज पोख्रेल नेतृत्वको प्यानल र नेपाली काँग्रेशको तर्फबाट पुष्प पाण्डे नेतृत्वको प्यानल निर्वाचन प्रतिष्पर्धामा छन् ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment