सेन्चुरी पर्यटन महोत्सवको समापन शनिबार

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत छोम्रोङमा आयोजित ल्होसार मेलाको समापन शनिबार हुने भएको छ । पुस १० देखि सुरु भएको महोत्सवमा खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन् ।

महोत्सव अन्तर्गत शुक्रबार खुल्ला पुरुष भलिबलतर्फका सेमिफाइनल सम्मका खेल सकिएका छन् । पुरुष भलिबलतर्फ रुपा गाउ“पालिका र सेन्चुरी युवा क्लब छोम्रोङ–११ फाइनल प्रवेश गरेका छन् । नकआउटका आधारमा खेलाइएको खेलमा शुक्रबार रुपाले झिंनु युवा क्लबलाई ३–२ को सेटले हरायो । रुपाले २५–२१, २५–२२ र १५–८ को सेटमा झिंनुलाई सेमिफाइनलमा हराएको हो । सेन्चुरीले चण्डी युवा क्लब दाङसिङलाई २५–२०, २५–२१ र २४–१४ को सेटले हराएर फाइनल प्रवेश गरेको हो । यसअघि पहिलो चरणमा झिंनुले न्यु डा“फे घान्द्रुकलाई २५–११, २३–२५ र २७–२५ को सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा चण्डी युवा क्लबले सेन्चुरी ‘ए’ लाई २५–११, २५–७ को सेटले पाखा लगायो । सेन्चुरी ‘ए’ ले २५–२०, १८–२५ र २९–२७ को सेटमा योङ स्टार क्लबलाई हराएको थियो । प्रतियोगितामा कुल ७ टिमको सहभागिता थियो । पुरुष भलिबलको विजेताले १ लाख रुपैया“ र उपविजेताले ६० हजार रुपैया“ प्राप्त गर्नेछन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणमा आयोजित ल्होसार मेलामा पुरुष बास्केटबलतर्फ विशाल मिलन केन्द्र काठमाडौं र ताङतिङ युवा क्लब कास्की फाइनल प्रवेश गरेका छन् । महिला भलिबलतर्फ न्यु डायमन्ड एकेडेमी काठमाडौं र ताङतिङ युवा क्लब फाइनलमा भिड्दैछन् । पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबलको फाइनल शनिबार हुने छन् । पुरुष बास्केटबलको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया“ पाउने महोत्सवका संयोजक ललित गुरुङले बताए । महिला भलिबलको विजेताले ४० हजार रुपैया“ र उपविजेताले २५ हजार रुपैया“ पाउने खेल संयोजक राजकुमार गुरुङले बताए ।

शुक्रबार नै भएको निःशुल्क स्वास्थ्य शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा.सुदिपगोपाल पराजुली, डा.सिजन खरेल, डा.सन्तोष बानिया, हेल्थ असिस्टेन्ट शैलेसबाबु बराल सहितको टोली सहभागी थिए । छोम्रोङस्थित सामुदायिक इकाई क्लिनिकका अहेब जुमकाजी गुरुङ, अनमि सिर्जना क्षेत्री र घान्द्रुक स्वास्थ्य चौकीका इन्चार्ज विक्रम भुवाजी र अहेब नारायण सापकोटाले पनि स्वास्थ्य शिविरमा सेवा प्रदान गरेका थिए । शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो । २ सय ५० स्थानीयले निःशुल्क स्वास्थ्य जा“च गराएको महोत्सवका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए ।
तस्बिर– श्रीकान्त सिग्देल

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment