वाममय बन्यो तनहुँ, विजयी ¥यालीमा उर्लियो जनसागर

तारा पौडेल/आरके पोख्रेल

तनहुँ । प्रदेश नम्वर ४ अन्तर्गत पर्ने तनहुँ जिल्ला वाममय बनेको छ । ६ सिट रहेको तनहुँमा ६ वटै सिट बाम गठबन्धन (एमाले र माओवादी केन्द्र)ले आफ्नो पोल्टामा पारेको हो ।  प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ वटै सिटमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधी सभा सदस्यमा एमाले तर्फका कृष्णकुमार श्रेष्ठ ‘किसान’ निर्वाचित भए । उनले काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई हराएका हुन् । काँग्रेसको पकट मानिएको तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा काँग्रेस तर्फका उम्मेदवार र गठबन्धन तर्फका उम्मेदवार बिचको प्रतिष्पर्धालाई निकै चासोका साथ हेरिएको थियो ।

यस्तै निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा १ मा काँग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गर्दै एमाले तर्फका रामबहादुर गुरुङ विजयी भए । प्रदेश सभा २ मा माओवादी केन्द्रका हरिबहादुर चुमान विजयी भए। उनले काँग्रेस उम्मेदवार रघुनाथ पौडेललाई पराजित गरेका हुन् ।

उता क्षेत्र नम्वर २ को प्रतिनिधी सभा सदस्यमा केदार सिग्दल निर्वाचित भए । उनी एमाले तनहुँका जिल्ला अध्यक्ष समेत हुन् । उनले काँग्रेस उम्मेदवार शंकर भण्डारीलाई हराउँदै संसदको यात्रा तय गरेका हुन् ।

यस्तै क्षेत्र नम्वर २ प्रदेश सभा १ मा माओवादी केन्द्रका आशा कोईराला विजयी भईन् । उनले काँग्रेसका प्रदिप पौडेललाई ५ मतान्तरले हराईन् उनी माओवादी केन्द्रकी महिला नेतृ तथा विनाविभागिय मन्त्री हुन् ।

प्रदेश सभा २ मा  एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङ विजयी भए ।उनले काँग्रेस उम्मेदवार ध्रुव वाग्लेलाई पराजित गर्दै विजयी भएका हुन् । पूर्व मन्त्री समेत गुरुङलाई प्रदेश नम्वर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा हेर्ने गरिएको स्रोतले बताएको छ ।

विजयी ¥यालीमा उर्लियो जनसागर
मतको अन्तिम परिणाम आईसकेपछि आइतवार तनहुँमा वाम गठबन्धनले विजयी ¥याली समेत गरेको थियो । ¥यालीमा हजारौंको संख्यामा आम नागरिकको सहभागिता थियो । विजयी ¥यालीमा ‘वाम वाम एक ठाम’, ‘तनहुँ जिल्ला वामको लालकिल्ला’ लगायतका नारा लगाएका थिए ।

विजयी सभामा बोल्ने संसद तथा प्रदेशमा निर्वाचित सदस्यहरुले जनताको मत, वाम गठबन्धनप्रतिको आशा र विश्वासलाई खेर जान नदिने प्रतिवद्धता गरेका थिए । उनीहरुले वाम एकता सधै बलियो बनाईराख्ने र वाम गठबन्धनबाट बन्ने सरकार स्थायी हुने बताए । स्थायी सरकारले जनभावना बुझेर विकास र समृद्धिका निम्ति काम गर्ने विजयी उनीहरुको भनाई थियो ।

उनीहरुले समग्रमा सम्पूर्ण तनहुँबासी मतदाता तथा सम्पूर्ण शुभचिन्तकहरुलाई वाम गठबन्धनलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिदै यो विश्वास नतोड्ने दावी गरे ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment