समलिङ्गी तथा तेस्रोलिङ्गी किन हुन्छन् तिरस्कृत ?

 

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ८-दाङ्गसिङ्ग (साविकको दाङ्गसिङ्ग गाविस वडा नम्वर—८) का राजु गुरुङ्ग (रिया गुरुङ्ग—परिवर्तित नाम) गत आईतवार महिलाको भेषमा दाङ्गसिङ्ग बजारमा हिड्दै थिईन् । त्यहाँ केहि स्थानियले तेस्रोलिङ्गी गाउँमा बस्न मिल्दैन, यस्ताले अरुलाई विगार्छन् भन्ने जस्ता लान्छाना लगाई लगाएको कपडा समेत जर्वरजस्ती फुकाल्न भनेपछि गाउँका अरु भलाद्मीले रिया गुरुङ्गलाई भगाउन सफल भए ।

गाउँमा तिरस्कृत हुन पुगेकी महिला रिया गुरुङ्ग एक प्रतिनिधि पात्र मात्र हुन् । रिया मात्र होईनन् अझै पनि गाउँमा होस् या शहरमा समलिङ्गी तथा तेस्रोलिङ्गी समुदायका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ । उनीहरुलाई छक्का, हिँचडा जस्ता नामले विभिन्न लान्छाना लगाईन्छ । समलिङ्गी तथा तेस्रोलिङ्गी हुनु जन्मजात नभएर जन्मपश्चात आउने भावनात्मक परिवर्तन हो ।

नेपालमा अहिले समलिङ्गी तथा तेस्रोलिंगीहरु खुल्ने क्रम बढ्दो छ । सरकारले पहिचान सहितको नागरिता दिने भनेर परिपत्र जारी गरेपछि खुल्ने क्रम बढेको हो । तर समलिङ्गी तथा तेस्रोलिङ्गीहरुले भने नागरिकता नपाईरहेको गुनासो गर्छन् तर यदा कदा नागरिकता प्राप्त गरेपनि आफुलाई राज्यले दिईने अधिकारबाट बञ्चित हुनु परेको दुखेसो पोख्छन्, उक्त समूदायका व्यक्तिहरु । केटी जस्तो देखिने केटा र केटा जस्तो देखिने केटीहरूमाथि घरपरिवार र विद्यालयदेखि नै असमान व्यवहार हुने गरेको पाउन सकिन्छ ।

उसो त विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा मात्रै लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या करिव ५ लाखको हाराहारीमा रहेको छ भने विश्वको कुल जनसंख्याको ८ देखि १० प्रतिशत व्यक्ति यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पर्ने उल्लेख छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक हितमा काम गर्नको लागि २००१ मा निलहिरा समाज तथा २००७ मा नौलो विहानी र परिवर्तन नेपाल नामक संस्था स्थापना भए । यी संस्थाले जनचेतना फैलाउने काम गरिरहेका छन् । साथै अहिले नेपालको ४६ जिल्लामा ५३ संस्थाहरुले यो समुदायको हकहितको लागि काम गर्ने गरेका छन् । कास्कीको हकमा हेर्ने हो भने नौलो विहानी र परिवर्तन नेपाल नामक संस्था सकृय छन् ।

समलिङ्गी तथा तेस्रोलिंगी व्यक्ति हुनु कुनै रोग होईन र पूर्व जन्मको पाप पनि होईन् । जस्तो लैंगिकतामा महिला र पुरुष हन्छन्, उनीहरु पनि त्यस्तै हुन तर भावना मात्र फरक छ तसर्थ उनीहरुको भावनाको कदर गरौं र समान अवसर र अधिकारका लागि सबैले हातेमालो गरौं ।
source : citypokhara.com

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment