भाषा संघ नेपालको अध्यक्षमा पुनः खनाल

पोखरा । भाषा संघ नेपाल, कास्कीको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले पुनः युवराज खनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीको प्रथम उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा कोपिला भुजेल, महासचिवमा पूर्णचन्द्र न्यौपाने, सचिवमा मोतिप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा जुनकुमारी गुरुङ निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरुमा सिर्जन भान्साकार्य, राजु विश्वकर्मा, निलम बाटाजु, सविता शेरचन, बालकृष्ण शर्मा, सवि शेरचन र रवि लिगल चयन भएका छन् ।समितीको कार्यकाल २ वर्षको हुनेछ ।

कार्यक्रममा इक्यान कास्कीका अध्यक्ष मिलन तिवारी, समितीका सल्लाहाकार विना गुरुङ लगायतले बोलेका थिए । नेपाल खानेपानी संस्था नेपालका अध्यक्ष डा.परमेश्वर पोख्रेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको स्वागत समितीका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment