महायज्ञमा १५ लाख बढी संकलन

श्रीभद्र पौडेल /हेमजा । पोखरा–२५, हेमजा, सुईखेत स्थित अम्विका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ मंगलवारदेखि सुरु श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवारसम्ममा प्रन्ध्र लाख बढी संकलन भएको छ । महायज्ञ यहि मंसिर १२ गतेसम्म चल्दैछ ।

बुधवार महायज्ञमा स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष शोभाकर भण्डारीले नगद दुई लाख २२ हजार दुई सय २२, गुरुयोजना निर्माण समितिका अध्यक्ष तीर्थ लुईटेलबाट एक लाख १५ हजार पाँच सय ५५, महायज्ञका सह–कोषाध्यक्ष सुवाश भण्डारीबाट एक लाख २५ हजार पाँच सय ५५, महायज्ञका संरक्षक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रराज पौडेलबाट एक लाख १ हजार एक सय ११, महायज्ञका अध्यक्ष केशवराज भण्डारीबाट एक लाख ११ हजार एक सय ११, महायज्ञका महासचिव नेत्रपाणि भण्डारीबाट एक लाख ५५ हजार पाँच सय ५५ रकम घोषणा भएको छ।

त्यस्तै महायज्ञका कोषाध्यक्ष नवराज अधिकारीबाट एक लाख ११ हजार एक सय ११, उप–महासचिव भरतराज अधिकारीबाट एक लाख तीन हजार पाँच, ठुलो प्रेमप्रसाद अधिकारीबाट एक लाख १ हजार १ सय ११, गणेशबहादुर गुरुङ पोखरा १ बाट पाँच हजार पाँच सय, कृष्णबहादुर थापा हेमजाबाट एघार हजार एक सय ११,म्याग्दी छन्त्याल आमा समूहबाट सात हजार पाँच, जनकल्याण आमा समूह साझाचोक हेमजाबाट एघार हजार २५, सक्रिय आमा समूह फेदीबाट साठी हजार तीन सय ५५, सिर्जनशील आमा समूह सुईखेतबाट ६५ हजार एक सय ११, धर्मा थापामगर हेमजाले नगद रु. पाँच हजार एक सय पाँच महायज्ञलाई सहयोग गरेका छन् ।

त्यस्तै जनकल्याण आमा समूहबाट तेह्र हजार पाँच सय बराबरको धान चामल, सक्रिय आमा समूहबाट ६ हजार बराबरको धानचामल तथा सिर्जनशील आमा समूहबाट ३६ हजार बराबरको धानचामल गरी बुधवार बेलुकी सम्ममा ५५ हजार पाँच सय बराबरको जिन्सी पनि आयोजकलाई प्राप्त भएको मूल आयोजक समितिका कोषाध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

मंगलवार महायज्ञको उदघाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए । महायज्ञको युवा पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचक, संकल्पकर्ता धुव्रशरण बस्याल सह–वाचक रहेका छन। महायज्ञको दोस्रो दिन बुधवार विहान ७ बजे पूर्वाड्ड बरणी र त्यसपछि कथा प्रारम्भ गरिएको थियो ।

प्रत्येक दिन विहान ९ बजेदखि ११ बजेसम्म पूजा अर्चना, ११ बजेदेखि साँझ ५ बजेसम्म कथा वाचन, झाँकी, सम्मान कार्यक्रम र साँझ आरती पुष्पाञ्जली र गुरुहरुबाट टीकाप्रसाद ग्रहण गर्ने नियमित कार्यक्रम मूल समितिले तय गरेको छ ।यज्ञबाट जमिन व्यवस्थापन गरी पूर्वाधार खडा गर्ने तथा सीपमुलक प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिइएको महायज्ञका संयोजक केशवराज भण्डारीले बताए । यज्ञबाट करिव तीन करोड आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment