तरुण दलका सचिव एमालेमा प्रवेश

पोखरा । नेपाली काग्रेस पोखरा–२१ इकाइ सदस्य एव तरुण दलका सचिव नारायण गिरी र काग्रेसका अर्का कार्यकर्ता पुरन गिरी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी र क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले सोमबार कार्यक्रमको विच अविर र माला लगाएर स्वागत गरेका हुन् ।

२०७२ सालदेखी काग्रेसमा रहेका काम गरेपनि देशको विकास एमालेलेनै गर्छ भन्ने विश्वासका साथ एमाले प्रदेश गरेको नारायणले बताए । ‘देशको विकास र समृद्धिको लागि जनताको मन जितेको र जित्ने पाटी भनेको एमालेनै थियो र रहनेछ,’ गिरीले भने, ‘भुलवश बाटो विराएर अन्यत्र लागेको भएतापनि देश समाजको लागि योगदाने दिने उद्देश्यका साथ एमालेका प्रवेश गरेको छु ।

गिरीले वाम गठबन्धनमा आफुले मात्र नभएर सबै जनताले विश्वास गरेको बताए । ‘वाम गठबन्धन एक मात्र त्यस्तो शक्ति हो जसले देशलाई विकास र निकासको बाटोमा लग्ने छ,’ उनले भने, ‘खोक्रा आस्वाशन देखाउने पार्टीलाई साथ नदिइ बेलैमा एमालेमा प्रवेश गर्न म युवाहरुलाई अनुरोध गर्दछु ।’

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment