अभिनेता सन्दिप क्षेत्री लागुऔषध दुव्यर्सनमा

पोखरा । हाँस्य अभिनेता सन्दिप क्षेत्री लागुऔषध दुव्यर्सनमा फसेका छन् । कान्तिपुर टेलिभिजनको हाँस्य कार्यक्रम ‘ह्वाट द फ्लप’बाट चर्चामा रहेका सन्दिपले आफ्ना साथीभाईलाई पनि यो दुव्यर्सनीमा फँसाएका छन् ।

सन्दिप वास्तविक जीवनमा लागुऔषध दुव्यर्सनीको शिकारमा फँसेका भने होईनन् । फिल्म ‘सिग्नेचर’मा उनी दुव्यर्सनीमा फँसेका युवाको रुपमा देखिएका हुन् । अभिनेता सन्दिपले डेब्यू गरेको यहि फिल्म आगामी भदौ १७ गते पोखरामा विशेष प्रदर्शनी हुँदैछ ।

‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ अन्तरगत पोखरामा यो फिल्मको स्पेशल शो हुन लागेको हो । यो फिल्मको प्रदर्शनी पोखरा सभागृहमा हुने आयोजकले बताएको छ । सभ्य सिर्जनाको प्रस्तुतीमा स्कूल फाउण्डेसनले यो फिल्मको स्पेशल शो पोखरामा गर्न लागेको हो ।

सागर उद्गमको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई उनीसहित प्रकाश सुवेदीले मिलेर बनाएका हुन् । फिल्ममा सन्दिपसँगै विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरी लगाएतको अभिनय रहेको छ । अभिनयको हिसाबले अभिनेता विनोद पौडेल र अभिनेत्री नम्रता सापकोटाको पनि यो डेब्यू फिल्म हो ।

पोखरामा हुने यो फिल्मको स्पेशल शो लाई एएचएफ, अर्किड केएर होम, एजुकेशन एण्ड माइग्रेसन कर्नर, युनीग्लोव विजनेस ग्रुप, मिराई एजुकेशन एण्ड भिजा, बाजेको सेकुवा ओस्कार कलेज अफ फिल्म स्टडिज र मितेरी सांस्कृतिक कला केन्द्रले विशेष सहयोग गरेको आयोजकले बताएको छ ।

सभागृहमा हुने फिल्मको स्पेशल शो को क्रममा सकारात्मक सोँच सम्बन्धि हस्ताक्षर अभियान र निशुल्क स्वास्थ्य सामग्री वितरण पनि गरिने आयोजकले बताएको छ । फिल्मको यो अभियानलाई यूएनएडस, सरकारका विभिन्न मन्त्रालयहरु, चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फरुर एडस् एन्ड एसटीडी कन्ट्रोल लगाएतले ‘एक्नलेज्ड’ गरेका छन् । यो फिल्मले स्वास्थ्य मन्त्रालयबाट ‘स्पेशल फिल्म’को अवार्ड पनि पाईसकेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment