माटेपानीमा नि:शुल्क शिविर तयारी

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल), पोखरा लेखनाथ महानगरपालिका वडा नं १२, रोटरी क्लब अफ पोखरा मिडटाउन र रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनको आयोजनामा शनिबार पोखरा १२, माटेपानीमा निःशुल्क रक्त शिविर हुने भएको छ ।

शिविरमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र कलेजसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिनेछ । पोखरा १२ का विभिन्न संघ, संस्थासँगको सहकार्यमा हुने शिविरमा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ डा सुबाश भट्टराईले विभिन्न रोगबारे प्रकाश पार्ने छन् ।

सामाजिक उत्तरदायित्व वोध गर्दै आयोजित शिविरमा महानगरका मेयर मानबहादुर जिसी लगायत सहभागी हुने आयोजक युआरएलको प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले आयोजना गरेको यो ४१ औं निःशुल्क शिविर हो ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment