छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डौं। हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको टिपरले ठक्कर दिंदा दुइ जनाको मृत्यु भएको छ । ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको बसामाडीमा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । विहान ४ बजे भएको दुर्घटनामा परि मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment