छैठौ सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल असोज २ गतेदेखि

सुरज श्रेष्ठ/पोखरा । पोखरा नगर रेस्टुराँ तथा वार एसोसिएसन (सिटी रेवान)पोखराले आगामी असोज २ देखि ११ गतेसम्म पोखरा प्रर्दशनी केन्द्र नयाँ बजारमा छैठौ सिटी रेवान महोत्सव तथा फुड महोत्सव गर्ने भएको छ ।

पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिन लागिएको सो महोत्सवमा ९५ वटा स्टल, रेष्टुरेण्ट प्रयोजनको लागि १० स्टल राखिने छ । विभिन्न संघ,संस्था सुरक्षा तथा स्वास्थ्य गरेर २० जम्मा गरी १२५ वटा स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई थप आर्कषर्ण बनाउन राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित लोक दोहोरी कलाकार द्धारा दैनिक प्रस्तुती,पप कन्सर्ट,हाँस्य कलाकारहरुको प्रस्तुति,गृहिणी एकल नृत्य, प्रतियोगिता(उमेर २५ देखि ४० वर्षसम्म),रत्यौली गीत प्रतियोगिता,ढिडो खाने प्रतियोगिता,,भाले छोप्ने , बाल उद्यान (चिल्डे«न पार्क),कृषि प्रर्दशनी (दशै को उपलक्ष्यमा सस्तो बजार), दैनिक उपभोग्य बस्तुको प्रर्दशनी,दशैको उपलक्ष्यमा खसी,बोका,च्याङग्राको बिक्री वितरण एंव प्रर्दशनी हुने सिटी रेवानका अध्यक्ष पिताम्बर पौडेलले जानकारी दिए ।

महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा ८ करोड देखि १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । महोत्सब तथा फुड फेस्टिबल सम्पन्न गर्नको लागि लगभग ४२ लाख खर्च हुने र सो आम्दानी बाट खर्च कटाएर ९ लाख बचत गर्ने सिटी रेवानले बताएको छ ।

महोत्सवबाट बचेको रकमको ५ प्रतिशत दैविक प्रकोपका लागि र ५ प्रतिशत असाहाय बालबालिकाको लागि सहयोग गर्ने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
source:citypokhara.com

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment