मधुमेह दिवसको तयारी

पोखरा । पोखरामा पनि विश्व मधुमेह दिवस मनाउने तयारी भएको छ । विश्व मधुमेह दिवस १४ नोभेम्बर २०१७ को अवसरमा लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालको आयोजना तथा युआरएल न्युरोड पोखरा, नेपालको सहआयोजनामा दिवस मनाउन लागिएको हो ।

नेपाल मधुमेही समाज कास्की, मधुमेह तथा थायराइड उपचार केन्द्र न्युरोड पोखरा र डायाबिटिज एण्ड थाइराइड क्लिनिक नयाँ बजारको सहयोगमा मंगलबार बिहान ७ बजे चिप्लेढुंगा, मानव अधिकार चोक चौतारामा जम्मा भई त्यहाँबाट ¥याली सुरु भई पोखरा गृह हल परिसरमा पुगेर सचेतना कार्यक्रममा हुने बताइएको छ ।

सहआयोजक युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले मधुमेह धेरै रोगको मुहान भएकाले यसको राकथाम र लाग्नै नदिने उपाय अपनाए स्वस्थ हुन सहयोग पुग्ने बताए । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क मधुमेह शिविर गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment