भ्रमको खेती गर्नेहरुको दिन सकियोःगुरुङ

आरके पोख्रेल/तनहुँ । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदेश ४ का संयोजक तथा तनहुँ निर्वाचन क्षेत्र नम्वर २ प्रदेश सभा २ का उम्मेदवार किरण गुरुङले जनतालाई भ्रमको खेति गर्नेका दिन अब सकिएको बताएका छन् । चुनावी प्रचार प्रसार अभियान अन्तर्गत ऋषिङ गाउँपालिकाको राम्जाकोटमा आयोजित जनसभालाइ सम्बोधन गर्दै उनले अब जनतालाई जालझेल गरेर छलकपट गर्नेको दिन सकिएको दाबी गरे ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले बाम गठबन्धनको जित नै जनताको जित रहेको बताउँदै कसैको त्रासमा नपरी मतदान गर्न आग्रह गरे । कार्यक्रममा एमाले जिल्ला उपसचिव तथा प्रचार प्रमुख बिस्नुभक्त सिग्देल, लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment