हाम्रो सहयोगी सहकारीमा सापकोटा

कमल बराल

पोखरा, १९ कार्तिक
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवप्रसाद सापकोटा निर्वाचित भएका छन् । सहकारीको आईतवार सम्पन्न आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले दुई वर्षका लागि सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

समितीको उपाध्यक्षमा राधिका योगि, सचीवमा नवीनकिरण भुसाल, कोषाध्यक्षमा दिपेन्द्रबहादुर आचार्य र सहकोषाध्यक्षमा लोकेन्द्र राई चयन भएका छन् । समितीको सदस्यहरुमा गोकर्ण क्षेत्री, दिपेन्द्र शर्मा, ऋषिकुमार श्रेष्ठ, कृष्ण तिमिल्सिना, रुद्रबहादुर वि.क., श्रीजन श्रेष्ठ र कृष्ण कला श्रेष्ठ रहेका छन् । यस्तै लेखा समिति संयोजकमा डिल्लीप्रसाद शर्मा चयन भएका छन् भने सदस्यमा भुवन पौडेल र लोकनाथ ढुङ्गाना छन् ।

नेपाल केन्द्रिय सहकारी संघ लिमिटेड (नेफस्कुन)का संचालक एवं प्रदेश नम्वर ४ संयोजक भिम गुरुङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा असल कारोवारी विष्णुबहादुर सुनार, रुक नेपाली, सिर्जना श्रेष्ठ, असल ऋणी तेजबहादुर गुरुङ्ग र माया नेपाली सार्की साथै उत्कृष्ण तीन जना कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

यस्तै दुई जना असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो भने २०७३ सालको एसइइ परिक्षा उर्तिण सेयर सदस्यका ८ जना छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित भए भने प्रदेश नम्वर ४ भित्र उत्कृष्ट १० प्रहरीबाट १ जना सेयर सदस्य होतबहादुर रोका, सहकारी अवलोकन भ्रमण व्यवस्थापनमा गोपालप्रसाद भुसाल, श्रस्टा सम्मानबाट नवराज बराल, पुर्व व्यवस्थापक श्रीजन श्रेष्ठ लगायतका व्यक्तित्वहरु सम्मानित भए ।

कार्यक्रममा कास्की जिल्ला बचत संघका अध्यक्ष सुदिप ढकाल, जिल्ला कृषि संघका अध्यक्ष शिवजी कोईराला, जिल्ला प्रशासन कास्कीका अनिल शाही, वरिष्ठ सल्लाहकार गिरिप्रसाद गुरुङ, पिपुल्स सहकारी अध्यक्ष शिवराज बोहारा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment