नयाँ शक्ति जिल्ला सह-संयोजक नै माओवादी केन्द्रमा प्रवेश

लमजुङ । नयाँ शक्ति नेपालका लमजुङ जिल्लाका सह–संयोजक नारायाण पौडेल तथा बिदेश विभाग कतारका उप–प्रमुख राजेन्द्र शिर्मल मिजार सहित दुई दर्जन कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लमजुङको राईनास नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सह संयोजक पौडेल सहित नयाँ शक्तिका साउदी सह संयोजक तथा दलित विभागका अन्तर्राष्ट्रिय सह संयोजकसम्म रहेका राजेन्द्र शिर्मला, सदस्यहरु बावुराम रोका, रमेश रोका   गोविन्द लम्साल, सोम लम्साल, इन्दिरा लोका लगायतका कार्यकर्ताहरु बाम गठबन्धनमा आवद्ध भएका छन् ।

नयाँशक्तिले आर्थिक विकासको नारा दिएकाले आफुहरुले स्वीकार गरेर सहयोग गरे पनि पछिल्लो समय संयोजक डा. बाबुराम भट्टराईले नै स्पष्ट रुपमा उभिन नसकेर कहिले कांग्रेस कहिले कोहीसंग टाँसिन जाने परिपाटी आफुहरुलाई मन नपरेको उनीहरुले बताएका छन । पार्टीको रुपमा अगाडी जानुको सट्टा आफु कसरी निर्वाचन जित्ने भन्ने खेलमा फसेकाले अबको बामगठबन्धनबाट नै आर्थिक विकासको सम्भावना देखिएकाले आफुहरु बामगठबन्धनमा लागेको सहसंयोजक पौडेलले बताए । विकासका नाराले मात्र सम्वृद्धि नहुने भन्दै लमजुङका निर्वाचनमा उम्मेदवारी दिएका बाम गठबन्धनका नेताहरुबाट नै लमजुङको बिकास र सम्वृद्धि सम्भव भएको राजेन्द्र शिर्मल मिजारले बताए ।

नवप्रवेशीहरुलाई बामगठबन्धनका लमजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देव गुरुङ्गले स्वागत गरेका थिए । उनले सो अवसरमा अब बामहरुले विकासको फुट फुटाउने बताए ।

अहिलेसम्म शान्ति प्रकृया र संविधान र्निमाणको काम सम्पन्न गर्न नै दलहरुको ध्यान गएकाले अब देशलाई आर्थिक विकासको बाटोमा लैजान नै आफुहरु गठबन्धन र्निमाण गरेर अगाडी बढेको उनको भनाई थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment