आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

काठमाण्डौं । दोश्रो चरणको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् । दोश्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनीधि र प्रदेशसभा निर्वाचनको कार्यतालिका अनुसार आज दिउँसो १ बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिन समय दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

त्यसपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने शर्माले बताए । औपचारिकरुपमा चुनाव चिन्ह प्राप्त गरेपछि उम्मेदवारले चुनावी प्रचारप्रसारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment