सहारा एकेडेमीलाई ३ लाख रुपैयाँ सहयोग

पोखरा । सहारा क्लव पोखराद्धारा संचालित सहारा एकेडेमीको अक्षयकोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । पछिल्लो समयमा उक्त ऐकेडेमीमा ३ लाख रुपैया आर्थिक सहयोग जुटेको होे ।

क्लवका मानार्थ सदस्य लोक बहादुर गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ३ हजार ४ सय २०, सल्लाहकार एवं एन.आर.एन.यू.के.का निवर्तमान अध्यक्ष मुछेत्र गुरुङबाट एक लाख, सहारा युकेका सल्लाहकार जगन गुरुङबाट एक लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । उक्त रकम हालै एक कार्यक्रमका बिच एकेडेमीमै पुगेर दाताहरुले क्लवका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

क्लवका मानार्थ सदस्य महेश गुरुङ, एन.आर.एन. होल्याण्डका निवर्तमान अध्यक्ष हिमाल गुरुङ, समाजसेवि अनिल थापा, सन्तोस श्रेष्ठ, किरण गुरुङ, क्लवका निवर्तमान अध्यक्ष विरभद्र आचार्य, सहारा एकेडेमी संचालक समितिका संयोजक विक्रम थकाली लगायतको सहभागिता रहेको थियो । टोलीले सहारा एकेडेमी अवलोकन समेत गरेको छ । सहारा एकेडेमीमा १६ जिल्लाका २८ जना वालकहरु रहेका छन् ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment