युवा व्यवसायी गुरुङ्ग प्रस्तावक र वरिष्ठ समाजसेवी मियाको सर्मथनमा कृष्ण के.सी. को उम्मेदवारी

पोखरा । कास्की निर्वाचन क्षेत्र १ ख बाट नेपाली काँग्रेसका कास्की सभापति कृष्णबहादुर के.सी ले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले युवा व्यवसायी पोखरा १० निवासी सुनिलकुमार गुरुङ्ग प्रस्तावक र वरिष्ठ समाजसेवी पोखरा १३ निवासी अब्दुल रहिम मिँया सर्मथकमा मनोनयन दर्ता गरेका हुन् ।

यस क्षेत्रमा लामो समयदेखि जनमानसमा छुट्टै पहिचान स्थापित स्थापित गर्न सफल के.सी सरल जीवनशैली, इमान्दारिता, दुरदर्षी व्यक्ति र विचारमा प्रतिवद्ध रहि लामो समय निष्ठाको राजनिति एवं विकासमा सक्रिय छन् । प्रदेश ४ का भावी मुख्यमन्त्रीको दावेदारको रुपमा समेत हेरिएका उनी पटक पटक विकास र समृद्धिका निम्ती जनताको विचमा आफुलाई उभ्याएका छन् भने समृद्ध प्रदेशको निर्माणको अभियानमा कस्केली जनताको माया र सद्भावको अपेक्षा सहित मंसिर २१ गते हुने प्रदेशसभाको निर्वाचमा कास्की १ ख वाट प्रत्यासीको रुपमा प्रस्तुत भएका छन् ।

“समृद्ध जनता, समृद्ध देश बनाऔ नेपाल विश्वमा विशेष” भन्ने मुल नाराका साथ जनतापे्रमी नेता के.सी को उम्मेदवारीले विकास र समृद्ध प्रदेशपे्रमी कस्केली जनतामाझ उल्लास एवं सुनिश्चित जितको माहोल वढेको प्रस्तावक युवा व्यवसायी गुरुङले बताउँछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment