पाँच हजार घुसले मालापोतका नासुलाई पा¥यो फन्दामा

सर्लाही । सर्लाहीको हरिवनमा रहेको मालपोत कार्यालयका नायव सुब्बा ईश्वरीप्रसाद दाहाल घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले नासु दाहाललाई सेवाग्राहीसँग लिएको ५ हजार रुपैँया घुस रकम सहित आज दिउँसो उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

जग्गा प्लटिङ गरि बाटो खुलाउने तथा रजिष्ट्रेशन पास गरि जग्गाधनी प्रमाण पूर्जा दिने क्रममा सेवाग्राही सँग घुस लिँदै गर्दा नासु दाहाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि अख्यितारको बर्दिवास कार्यालयमै लगिएको छ ।

सर्लाहीको उत्तरी भेगमा पर्ने हरिवनमा केही महिना अघिदेखि मालपोत कार्यालयको सेवा सञ्चालनमा आएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment