पत्याउनुहुन्छ ? ६५ हजार भन्दा धेरै ‘भूत’ले पाए पेन्सन

एजेन्सी । फिल्ममा डरलाग्दो भूतले विभिन्न डरलाग्दा काम गरेको देखिन्छ । तर यथार्थमा चाहिँ भूतले पेन्सन थाप्दोरहेछ भन्ने समाचार सुन्नमा आएको छ ।

यो घटना हाम्रै छिमेकी देश भारतको हो । भारतको पञ्जाबमा ६५ हजारभन्दा धेरै भूतले पेन्सन पाइरहेका छन् ।

समाचार अनुसार, पञ्जाब सरकारले विगत कैयन् वर्षदेखि ६५ हजार ७४३ जना मृत व्यक्तिलाई लगातार पेन्सन दिइरहेको छ । मृतकलाई दिइँदै आएको पेन्सन थाप्न भूत त आएनन् होला रु आखिर कहाँ गयो त भूतलाई दिइएको पेन्सन रु सरकारले यसबारेमा छानविन थालेको छ ।

पञ्जाबमा हरेक महिना १९ लाख ८० हजार मानिसले पेन्सन थाप्छन् । ती पेन्सनधारीमा ज्यूँदा मानिससँगै मृतक पनि समावेश छन् । तथ्यांक अनुसार पेन्सन थाप्नेमा ६५ हजार त्यस्ता मानिसहरुको पनि नाम छ जो वर्षौं पहिले संसार छाडिसकेका छन् ।

सरकारी तथ्यांक अनुसार झण्डै अढाइ लाख मानिसले फर्जीरुपमा पेन्सन पाइरहेका छन् । ४५ हजार मानिसको ठेगाना गलत छ भने ४२ हजारले युवा अवस्थामै वृद्धावस्थाको पेन्सन थापिरहेका छन् । १० हजारले चाहिँ धनी हुँदाहुँदै पनि गरीबको पेन्सन थापिरहेका छन् ।

एजेन्सी

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment