ऐश्वर्यको तीनदिनकलेक्शन रिपोर्ट : मुनाफातर्फ फिल्मको व्यापार

पोखरा । दर्शकले फिल्म ऐश्वर्यलाई निकै रुचाएका छन् । गीत र प्रोमोको हाइपकाकारण हलसम्मतानिएकादर्शक ऐश्वर्यको उत्कृष्ट मेकिङबाट अझै बढि सन्तुष्ट भएर फर्केका छन् । छठ पर्वदेखि प्रदर्शनमाआएको यो फिल्मको कलेक्शनले पनि यो कुरालाई अझै बढि पुष्टी गरेको छ ।

वितरण कम्पनी डिसिएनले दिएको अंकगणितिय रिपोर्टलाई आधार मान्ने हो भने तीनदिनमा यो फिल्मले २ करोड भन्दा बढि कलेक्शनगरिसकेको छ । पहिलो दिनउपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैयाँकलेक्शन गरेको फिल्मले उपत्यकाबाहिर १९ लाख ३० हजार ५ सय ७५ रुपैयाँकलेक्शनग¥यो ।

त्यस्तै दोस्रो दिनशुक्रबार सरकारले दिएको सार्वजनिकविदाको प्रत्यक्ष असर ऐश्वर्यको कलेक्शनमा देखियो । अघिल्लो दिनको तुलनामा दोस्रो दिनफिल्मको व्यापार अझै बढि भएको कलेक्शन रिपोर्टले देखाउँछ । पहिलो दिनकुल ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँकलेक्शन गरेको फिल्मले दोस्रो दिन ५७लाख ५० हजार ९३ रुपैयाँको कलेक्शन गरेको डिसिएनले बताएको छ । दोस्रो दिनउपत्यकाभित्र ३२ लाख ६६ हजार ७ सय ४३ रुपैयाँ र मोफसलबाट २४ लाख ८३ हजार ३ सय ५० रुपैयाँकलेक्शनभएको डिसिएनको रिपोर्ट छ ।

शनिबार फिल्मको अंकगणितिय रेखाअझै उकालो चढेको रिपोर्टमा देखिन्छ । यो दिनफिल्मले कुल ९६ लाख ३० हजार ७ सय ९ रुपैयाँकलेक्शन गरेको छ । उपत्यकामा ५६ लाख ६४ हजार ६ सय ३७ र उपत्यकाबाहिर ३९ लाख ६६ हजार १ सय ७२ रुपैयाँको शनिबारे कलेक्शन रिपोर्ट डिसिएनले उपलब्ध गराएको छ ।

तीनदिने कलेक्शन रिपोर्टको आधारमाभन्ने हो भने अबकादिनमाफिल्म ऐश्वर्य मुनाफाको व्यापारतर्फ उन्मुख छ । करिब एक करोड रुपैयाँको लागतमानिर्माण भएको फिल्म नेपालीहलहरुको व्यापारबाटै मुनाफामाजाने निश्चित देखिन्छ । फिल्मको व्यापारलाई लिएर निर्माण यूनिट निकै दंग देखिन्छ । साथै लामो समय पछि नेपालीफिल्ममानिर्माण सहितकमब्याक गरेकाअभिनेता रमेश उप्रेतीपनिआफुलाई दर्शकले अझै मायादिएकोमा कृतज्ञ देखिन्छन् ।

फिल्म ऐश्वर्य दुईवटा ठुला घरानाकाव्यवसायीबीचको द्वन्दमाआधारित छ । पैसा, शक्ति र पावरको प्रयोगले के कसरी उच्च घरानीयाहरुले आफ्नो दबदबा राखिरहेका छन् ?भन्ने कुरालाई फिल्ममादर्शाउनखोजिएको छ ।

रमेश उप्रेती, प्रशान्तताम्रकार, दीपिका प्रसाईँ, केकीअधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगाएतकाकलाकारहरुको अभिनय रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेकाहुन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment