१९ वर्षमुनिको नेपाली फुटवल टिमको विदाई

काठमाण्डौं । कीर्गिस्तानमा पर्सिदेखि सुरु हुने १९ वर्षमुनिको एसिया कप फुटबलको छनौट खेल्न जाने नेपाली टोलीको आज बिदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् र एन्फाका प्रतिनिधिले नेपाली टोलीको विदाई गरेका हुन् । समूह एमा परेकोे नेपालले आफ्नो पहिलो खेल पर्सि घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ भने नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग प्रतिस्पर्धा गर्ने एन्फाले जानकारी दिएको छ ।

समूहको विजेता प्रतियोगिताको लागी छनौट हुनेछ ।अर्पण कार्की कप्तान रहेको टोलीमा गत महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment