कपिलवस्तुमा १५ क्विन्टल चिनीमह सहित दुई महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको बस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ ।

वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा १५ क्विन्टल महसहित २ जना महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । भारत फैजावाद निवासी हाज्रा खातुन र गुडिया खातुनलाई नियन्त्रणमा लिई छानविन सुरु गरिएको वडा प्रहरी कार्यलय चन्दौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले जानकारी दिए ।

चिनी पकाएर मह जस्तै बाक्लो तरल बनाई बेच्नको लागि अर्घाखाची,रोल्पा,प्यूठान,दाङ्ग लाने र मौरीको मह भनि झुक्काएर बेच्ने गरेको पाइएको छ । ठुलो समुहमा रहेका उनिहरुले लामो समय देखि चिनी मह बनाएर झुक्याउने गरेको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीले चिनी मह वनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment