तनहुँ क्षेत्र नं. १ र २ दुवैमा कांग्रेस नेता गोविन्द भट्टराईको माग

तनहुँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई तनहुँका स्थानिय र कांग्रेसका धेरै जसो नेता, कार्यकर्ताले विकासप्रेमी नेता गोविन्द भट्टराईलाई तनहुँको १ र २ मध्ये जुनसुकै क्षेत्रबाट उम्मेदवार बनाए पनि अत्याधिक मतका साथ विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँ कांग्रेस जिल्ला कार्यसमितिले सोमवार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको बालुवाटार स्थित निवासमा डेलिगेसन गएर गत वर्षमा मात्र तनहुँमा लगभग १ अर्ब रुपैयाँ भन्दा बढी खर्च लाग्ने विकास निर्माणका कार्यहरू गर्न सफल नेता भट्टराईलाई उम्मेदवार बनाउन कुनै सन्देह मान्नु नपर्ने बताएका छन् । जिल्लावासीहरूको आग्रहलाई बेवास्ता नगर्न उनीहरुले सभापति देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।

भट्टराई नेपाली कांग्रेसको अर्काे भातृ संस्था नेपाल तरूण दलको समेत  पूर्वमहासचिव हुन् । नेपाली कांग्रेसमा निरन्तर काम गर्दै आएका नेता भट्टराई अहिले दोस्रो पटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् ,युवा नेता भट्टराई क्षमता हुदा हुदै पनि पार्टीभित्र त्यति अवसरवादी नेता मानिदैनन् । उनी अहिलेसम्म यति लामो राजनीतिक जीवनमा कुनै पनि प्रकारको दाग नलागेको नेताका रूपमा चिनिन्छन् ।  यस्तो निशकलंक छवि भएको नेतालाई उम्मेदवार बनाउँदा जनतामा थप सकारात्मक सन्देश जाने हुदा वरिष्ठ नेता रामचन्द्र पौड़ेलको सल्लाहमा तनहुँमा संघीय सांसदमा नेता भट्टराईलाई उम्मेदवार बनाएर जाने स्रोतको दावी छ ।

गोविन्द भट्टराईको नेतृत्व क्षमता कस्तो ?
आज भन्दा २ दशक अगाड़ी २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत भई सकेका युवा नेता गोविन्द भट्टराई ने.वि.संघको नेतृत्वमा हुदा भएको स्ववियु निर्वाचनमा देशै भरी ८ दशमलव ६५ स्थानमा ने.वि.संघले विजय हासिल गरेको थियो जुन अहिले सम्मकै नेपालमा स्ववियु निर्वाचनको इतिहासमा सबै भन्दा  Highest Record of “VOCTORY” को रूपमा लिने गरिन्छ ।

तनहुँ जिल्ला निवासी नेता भट्टराईलाई अत्यन्तै विकासवादी नेताका रूपमा पनि चिनिने गरिन्छ । नेता भट्टराई कुनै सार्वजनिक पद धारण नगर्दा पनि जनतासँग जोडिएका विभिन्न विकास निर्माणका कार्यहरुमा सधैं अगाड़ी रहने हुदा यस्तो विकासवादी नेतो प्रतिनिधि भई संघीय संसदमा प्रतिनिधित्व गर्ने हुदा तनहुँका स्थानीय कार्यकर्ताहरु अत्यन्तै उत्साहित भएको त्यहाँका स्थानिय बताउँछन् ।

नेपाली कांग्रेसमा दशकौंको देखिको राजनीतिक यात्रामा निरन्तर रहदैं आएका युवा नेता गोविन्द भट्टराईलाई सबै गुटलाई समेत समायोजन गरेर अगाड़ी बढ्ने साझा नेताका रूपमा पनि चित्रण गरिन्छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment