भीमटारमा जीप दुर्घटनाः एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । इन्द्रावती गाउँपालिका–११ भीमटार बहरेमा गएराती बा १५च ३७ ४४ नम्बरको जीप दुर्घटना हुँदा चालक काभ्रेपलान्चोकका गोकुल अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।दुर्घटनामा घाइते भएका चारजनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment