सहारा एकेडेमीलाई एनआरएन हङकङका अध्यक्ष गुरुङले एक लाख रुपैयाँ सहयोग गर्ने

पोखरा । गैर आवसिय नेपाली संघ एनआरएन अन्तराष्ट्रियको महाधिवेशनमा नेपाल आएका गैर आवसिया नेपाली सघ हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) ले अवलोकन गरेकी छन् । सहारा क्लव हङकङका सल्लाहकार समेत रहेकी गुरुङलाई क्लवका अध्यक्ष केशवबहादुर थापाले एकेडेमीमा स्वागत गर्दै क्लवका गतिविधि र नयाँ निर्माणका योजनाहरु बारेमा जानकारी दिएका थिए ।

भ्रमणका क्रममा अध्यक्ष गुरुङले सहारा क्लवको तेश्रो तल्लाको निर्माणको लागि रु. एक लाख एक रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । उनले सहयोगलाई निरंतरता गरिने पनि बताईन् ।

सो अवसमा नेपाल पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, सामाजिक अभियान्ता तथा गुरुङका आमा नन्दकुमारी गुरुङ, ज्ञानुबाबा बोडिङ स्कुलका प्रिन्सिपल शुभकन्या गुरुङ, भलिबल खेलाडी मन्जु गुरुङ सहित सहारा क्लबका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment