तिर्थयात्री बोकेको ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० भालुगौडेमा आज ट्याक्सी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । मे १ ज १३०८ नम्बरको ट्याक्सी यात्रु ओराल्न घुराउने क्रममा दुर्घटना हुदाँ चालक सहित ३ जना घाइते समेत भएका छन् ।

ज्यान गुमाउनेमा मोरङ उर्लाबारीकी २५ वर्षिय अनिता थापा घिमिरे र उर्लाबारी ४ कै २८ वर्षिय होमराज घिमिरे रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अनिताको घटनास्थलमै र होमराजको जिल्ला अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उर्लाबारी ४ कै २६ वर्षिय दिलिप घिमिरे र उर्लाबारी ८ का २३ वर्षिय अनिलजंग थापालाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौ ल्याइएको छ । अर्का घाइते ट्याक्सी चालक इलामका २३ वर्षिय अमित श्रेष्ठलाई भने उपचारको लागि झापा रेफर गरिएको छ । मृतकको शव आजै पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment