जुवा खेल्ने/खेलाउने १२ जना पक्राउ

पोखरा । कास्की प्रहरीले जुवातास खेल्ने खेलाउने १२ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका २ स्थानमा अवैध रुपमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको स्थानबाटै पक्राउ गरेको हो ।

शनिवार वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले पोखरा लेखनाथ १५ खरबारी स्थित सुमन गुरुङको घरमा ४ बुक ताससहित नगद १६ हजार १ सय ५ रुपैयाँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी सुमन गुरुङ सहित डिलबहादुर थापा, यामबहादुर गुरुङ, हरी गुरुङ र बलबहादुर घर्ति रहेका छन् ।

यसैगरी पोखरा लेखनाथ ११ रानीपौवा स्थित गोपाल श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रेमबहादुर थापाको डेरा कोठाबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई तास ४ बुक र ३१ हजार ४ सय ७० रुपैयाँसहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तास खेलाउने तनहुँ भानु नगरपालिका १२ घर भई हाल कास्की पोखरा लेखनाथ ११ बस्ने ३९ वर्षीय प्रेमबहादुर थापा, जितबहादुर बि.क., सुदिप श्रेष्ठ, शिव बहादुर कुमाल, कृष्णबहादुर थापा,बुद्विबहादुर भित्रिकोटी र ईन्द्रजित गुरुङ रहेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment