बलात्कार अभियोगमा ५ युवा पक्राउ

गुल्मी । गुल्मीमा केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

असोज १५ गते बेलुका मुसिकोट नगरपालिका वडा नम्बर–१ थामडाँडास्थित कोदोबारीमा अन्दाजी ३५ वर्षकी महिलालाई बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ गरी हिजो जिल्ला अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

घटनास्थल नजिकै मदिरा बेचविखन कार्य व्यापकरुपमा भइरहेको र ती महिला बेहोस अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment