तराईका विभिन्न जिल्लामा डेंगु संक्रमित बढ्दै, सचेतना अपनाउन सरकारको आग्रह

काठमाण्डौं । भदौ महिना यता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ । डेंगुबाट धेरै प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका जिल्ला रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ यता अस्पतालबाट उपचार गराएर र्फकनेको संख्या मात्र ९० पुगेको छ ।

त्यस मध्ये आज मात्र धादिङ, महोत्तरीको वर्दिवास तथा लालबन्दीबाट रिफर काठमाण्डौ आएका नौ विरामी अस्पताल भर्ना भएका छन् । बाँकी १० जनाको डेंगुको आंशकामा रगत परीक्षण भइरहेको छ । यसको नियन्त्रणका लागि आफुहरुले पहल गरिरहेको महाशाखाका निर्देशक डाक्टर भिम आचार्यले जानकारी दिए । निर्देशक आचार्यले डेंगुबाट बच्नको लागि आफैले पनि विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

घर वरपर सरसफाईमा ध्यान दिन, लामखुट्टेको टोकाईबाट बच्न तथा ज्वरो, रुखा खोकी लाग्ने वित्तिकै उपचारका लागि स्वास्थ्य चौकी वा अस्पताल गईहाल्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment