आज संसदको बैठक, महत्वपूर्ण विधेयक पेश गरिदै

काठमाण्डौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा महत्वपूर्ण विधेयक र प्रतिवेदनका विषयमा छलफल हुनेछ । संसद सचिवालयका कार्यसूची अनुसार आज डेढ दर्जन विधेयक र २ प्रतिवेदन पेश हुनेछ ।

आजको बैठकमा विकास विकास समितिको वार्षिक प्रतिवेदन,र विधायन समितिको वार्षिक प्रतिवेदन, पेश हुनेछ । त्यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक पेश हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक सम्बन्धी विधेयक पेश हुने कार्यसूची रहेको छ । ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको विधेयक पनि पेश हुने संसद सचिवालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment