कांग्रेश नेतृत्वका कार्यदलले आजदेखि छलफल शुरु गर्ने

काठमाण्डौं । कांग्रेशको नेतृत्वमा बनाइएको लोकतान्त्रिक गठबन्धनले आजदेखि छलफल शुरु गर्ने भएको छ । मंगलवार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएपछि कांगे्रसले बुधवार गठबन्धन बनाएको थियो । कांग्रेशसहित राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले गठबन्धन बनाउने निर्णय गरेको हो ।

आज बिहान कांग्रेशबाट २ र अरु पार्टीबाट एक-एक जनाको नाम सिफारिस हुने र त्यसपछि गठबन्धनले काम शुरु गर्ने कांगे्रस नेता बालकृष्ण खाँडले जानकारी दिए । गठबन्धनले आगामी चुनावमा कहाँ कसरी तालमेल गर्ने भन्ने बारेमा शीर्ष नेताहरुको निर्देशनमा काम अघि बढाउने भएको छ ।

यसै बीच बुधवार शुरु भएको कांग्रेश केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले चुनावी तालमेल र माओवादीले एमालेसँग तालमेल गरेपछिको सरकारको बारेमा छलफल गर्ने भएको छ । दुवै बैठक अहिले बिहान ९ बजे शुरु हुने प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment