विरेठाँटी क्यानोनिङ एण्ड बारमा कालरात्री लाइभ म्युजिक शो हुने

पोखरा । पोखरा देखि नजिकिदै रहेको विरेठाँटी क्यानोनिङ एण्ड बारमा विजय दशमीको अवसरमा कालरात्री लाइभ म्युजिक हुने भएको छ ।
विजय दशमी कालरात्रीको दिन बेलुका ८ बजे देखि क्यानोनिङ स्थलमा रहेको रेष्टुरेन्टमा लोकल व्याण्डले प्रस्तुति दिने क्यानोनिङ संचालक विजय गुरुङले जानकारी दिए ।

असोज १२ गते राती १२ बजे सम्म चल्ने लाइभ म्युजिकमा म्युजिक सहित स्थानिय परिकार संग रमाउन सक्ने उनले जानकारी दिए । कास्कीको मुख्य अन्नपुर्ण मार्गको प्रवेश द्धार समेत रहेको विरेठाँटी लामखेतमा लाइभ म्युजिक शो पहिलो पटक हुन लागेको हो । स्थानिय पर्यटन प्रवद्र्धन गर्न आयोजना गरिएको लाइभ म्युजिक शोमा आन्तारिक तथा वाह्य पर्यटकको समेत सहभागी रहने गुरुङले जानकारी दिए ।

कास्कीका पर्यटकिय गाँउहरु घान्दु्रक, लान्द्रुक लगायतका गाँउ जाने पर्यटकको लागि उपयुक्त स्थान पनि भएकाले सबैको रोजाई पर्ने उनको भनाई छ । साथै पर्यटकले केहि दिन अघि मात्र संचालनमा आएको क्यानोनिङको मज्जा समेत लिन सक्छन ।

कम्पनीले विजय दशमीलाई लक्षित गर्दै ओपनिङ आवर भनेर पर्यटकलाई छुटको व्यवस्था समेत गरेको छ । जसमा नेपाली नागरिकले १५ सय र विदेशी नागरिकले २ हजारमा क्यानोनिङमा रम्न सक्नेछन । यत्तिबेला सो ठाँउमा चाडपर्वको समयमा क्यानोनिङ गर्ने पर्यटकहरुको घुइचो लाग्ने गर्दछ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment