१८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा नेपाल र भारत भिड्ने

काठमाण्डौं । १८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा नेपाल आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार आज बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा नेपालले भारतको सामना गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान उपाधी दावेदार हुन् । सबैको समान समान ६ अंक रहेको छ । तर गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा रहेको छ ।

गोल अन्तरको आधारमा भारत पहिलो स्थानमा छ भने बंगलादे दोस्रो, र भुटान चौथो स्थानमा छन् । सावीक विजेता नेपालले उपाधी हात पार्न आज भारतलाई हराउनै पर्नेछ भने बंगलादेश र भुटानको खेलले पनि अर्थ राख्छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment