नेकपा कास्की सदस्य परिवर्तन थुनामुक्त

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गैरकानूनी रुपमा थुनामा राखेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सदस्य सन्तोष परियार “परिवर्तन” हिरासतमुक्त भएका छन् । उच्च अदालत पोखराले नेकपाका नेता परिवर्तनलाई प्रहरीले गैरकानूनी रुपमा थुनामा राखेको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएपछि उनी हिरासतमुक्त भएका हुन् । उनलाई उच्च अदालत पोखराका माननीय न्यायधिश जगतप्रसाद श्रेष्ठको एकल इजलालशले गैरकानूनी थुना ठहर गर्दै हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

उनीसँगै प्रहरी हिरासतमा रहेका नेकपा कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, जिल्ला सदस्यद्वय काशी पौडेल र गोबिन्द ओली, कार्यकर्ताहरु बालकृष्ण अधिकारी र लोकेन्द्र राईलाई हिरासतमा राखिनु वैध भएको ठहर उच्च अदालत पोखराले गरेको छ ।

पीडितहरुको तर्फबाट गौतम तिवारी, प्रकाश राई, युवराज बराल, डम्बरदेव भण्डारी लगायतले सन्तोष परियार “परिवर्तन” नन्दप्रसाद तिवारी “जगन”, काशी पौडेल, गोबिन्द ओली, बालकृष्ण अधिकारी र लोकेन्द्र राईलाई प्रहरीले गैरकानूनी रुपमा थुनामा राखेकाले थुनामुक्त गरिपाउँ भनी उच्च अदालत पोखरामा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा पीडितहरुको तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ताद्वय रामबहादुर बूढा र युवराज बरालले बहस गरेका थिए ।
नेकपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पोखराको सस्तो बजारमा सिलिण्डर बम राखेको भन्दै विष्फोटक पदार्थ ओसारपसार सम्बन्धी मुद्दा चलाएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment