काभ्रेमा भएको दुर्घटनामा ६ जनाको मृत्यु

काभ्रे । काभ्रेको रोशी गाउँपालिका ३ शिखरआम्बोटेस्थित निङगालेमा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको र एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट डाँडापारिका लागि छुटेको बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना हुँदा चार महिला र एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा काभ्रे महाभारत गाउँपालिका २ बस्ने ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया मेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीया कुमारी जिम्बाको मृत्यु भएको हो ।

मृतक अर्का एक जना पुरुषको सनाखत भएको छैन । सोही गाडीमा सवार ८ वर्षीया बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment