फ्लोअप समाचार : सेती नदी खोचमा परेर घाईते भएका मनोजलाई काठमाण्डौं रिफर

तारा पौडेल/पोखरा । पोखराको सेती नदी खोचबाट उद्दार गरिएका २२ वर्षका मनोज सुनारलाई काठमाण्डौं रिफर गरिएको छ । सेती खोचमा खसेर घाईते भएका उनलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि सोमवार नै काठमाण्डौं रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले बताए । उनको टाउँको, घाँटी, मेरुदण्ड र फोक्सो लगायतका अंगमा समस्या हुनुका साथै इन्टरनल रक्तश्रापको पनि बढी समस्या देखिएकोले यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौं रिफर गरिएको चिकित्सकहरु बताउँछन् ।

आइतबार बेलुका ५ बजेसम्म घरमै रहेका मनोज ५ बजेपछि घरबाट बेपत्ता भएकोले छोरालाई कसैले नियतबस धकलिदिएको थिए मनोजका वावु दिपक सुनारले आरोप लगाएका छन् । उनी छोरो गम्भीर घाईते भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या हुने भयो भन्ने चिन्तामा छन् । पृथ्वीचोकको बसपार्क स्थित कृष्णटोलमा बस्दै आएका दिपक गएको १७ वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका थिए । मनोज परिवारको एक्लो छोरा भएकोले बेपत्ता हुँदा घरमा रुवावासी चलेको थियो । मनोजकी श्रीमती रोजगारको शिलशिलामा विदेशमा रहेको परिवारले बताएका छन् । सुनार सेती खोचमा कसरी पुगे भन्ने बारेमा केही खुलेको छैन् ।

मनोजलाई पृथ्वीचोकको चाइना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिमपट्टिको भागको सेतीनदी खोचमा पुगेका सुनारलाई पुलमा हिँड्ने बटुवाले सोमवार विहान देखेर प्रहरीलाई खवर गरेका थिए । त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल परिचालन भएको थियो । सुरक्षाकर्मीको टोलीले झण्डै साढे दुई घण्टाको प्रयासमा उद्धार गरेको थियो । उद्धारमा खटिएको सुरक्षाकर्मीले मनोजलाई भेट्दा सामान्य बोलचाल गरे पनि केही समयपछि वेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

तस्वीरःसुरज श्रेष्ठ, सुदर्शन रञ्जित

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment