नेपाली चलचित्र व्वाइफ्रेण्ड फागुन १० गतेबाट नेपालभरी प्रर्दशनमा

पोखरा । बुढाथोकी फिल्म्स् पोडक्स प्रा.लिको नयाँ प्रस्तुती नेपाली चलचित्र व्वाइफ्रेण्ड आगामी फागुन १० गतेबाट नेपालभरी प्रर्दशनमा आउने भएको छ । चलचित्रको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईइको थियो । मदन घिमिरेको निर्देशनमा बनेको चलचित्र व्वाई फ्रेण्ड उत्कृष्ट बनेको चलचित्र युनिटले जानकारी दिएको छ । निर्माता कृष्ण खनालले चलचित्र निमार्णका लागि कम्तीमा पनि ८० लाख लागेको पनि उनले कार्यक्रममा जानकारी दिएका छन् ।त्यस्तै पोखरामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नायक पुस्कर रेग्मीले चलचित्र सन्देशमुलक बनेको दावी गरे । नायिका महिमा सिलवालले चलचित्र पारिवारिक बनेको बताइन् । चलचित्रको नाम ब्योइफ्रेण्ड भएपनि…

Read More

पहिलो पटक स्याङ्जामा आँधिखोला महोत्सव हुने

पोखरा । स्याङ्जा मा पहिलोपटक स्याङ्जा महोत्सव हुने भएको छ ।पुतलीबजार १ स्थीत बालेवगर खेल मैदान मा हुने महोत्सव च्याम्बर अफ कमर्शले फागुन १७ गते बाट महत्सव सुरु गर्ने भएको छ । प्रतिनिधिसभा का सदस्य नारायन प्रसाद मरासीनी ले महोत्सव मार्फत स्याङ्जाको पहिचान देश विदेशमा पुग्ने साथै जिल्ला मा उत्पादित बस्तु प्रचारप्रसार गर्ने अवसर सदुपयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनले महत्सव सफल बनाउन सबैलाई सहयोग गर्न प्रतिबद्धता जनाउदै सबैले सहयोग गरी महोत्सव सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।‘कृषि पर्यटन उद्योग र व्यावसाय विकास हाम्रो सान,प्रथम स्याङ्जा आधिखोला…

Read More

तनहुँ जिल्लालाई साहित्य पर्यटनका रुपमा विकास गरिने ः रामचन्द्र पौडेल

पोखरा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई साहित्य पर्यटनका रुपमा विकास गरिने बताएका छन् । तनहुँको चुँदीमा जन्मीएकी स्व लक्ष्मी पन्तको दोस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘स्व लक्ष्मी पन्त स्मृति ग्रन्थ विमोचन’ कार्यक्रममा उनले भानुभक्तको जन्मथलो चुँदीलाई साहित्य पर्यटनको रुपमा विकास गरिने बताए । “भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरेलगायतका साहित्यकार जन्माएको थलो गण्डकी र तनहुँलाई साहित्य पर्यटनका रुपमा विकास गर्ने मैले लक्ष्य राखेको छु”, उनले भने । नेता पौडेलले सांस्कृतिक, पर्यटकीय, धार्मिक, ऐतिहासिक महत्व बोकेको गण्डकी प्रदेशको विकासका लागि सबै लाग्नुपर्ने बताए । उनले नेपालको…

Read More

दुई नेपाली छात्राको शव आइतबार फेला

पोखरा । सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगन्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी रहेको बताईएको छ । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए ।

Read More

पोखरा बागलुङ मध्यपहाडी राजमार्ग नियमित रुपमा सूचारु

  पोखरा । दैनिक रुपमा बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म बन्द हुने गरेको पोखरा बागलुङ मध्यपहाडी राजमार्ग नियमित रुपमा सूचारु भएको छ । सडक फराकिलो र स्तरोउन्नती गर्नको लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गत पौष १२ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्ने गरिएको थियो। लोकमार्ग अन्तर्गत पर्ने कास्की र पर्वतको सिमाना अँधेरीखोलादेखि डिमुवाबजारसम्मको सडक बन्द हुने गरेको थियो । सडकको स्तरोन्तीको लागि सडक अवरोध हुदाँ यात्रुले सास्ती खेप्दै आएका थिए भने सडक दुर्घटनाको जोखिम पनि बढेको थियो । सडकमा जाम पर्ने र दिनभर सडकमै जाममा परिने भन्दै सवारी साधन…

Read More

पोखरामा पहिलो पटक अन्तराष्ट्रिय फेसन सप्ताह हुने

पोखरा । पोशाक महासंघ,नेपाल द्धारा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय फेसन सप्ताह पोखरामा हुने भएको छ । पोशाक महासंग नेपाल को राष्ट्रिय पोसाक ,आदिबासी जनजाती रैथाने, लोपन्मुख पोशाकका वारेमा जिज्ञासु ,अध्यानशिल संरक्षण संम्वद्र्धन सोच ,प्रचार प्रसारका केही गर्नेे उद्देश्यले २०६९ साल अषाढ २१ गतेका दिन जागरुक तथा डिजाईनरहरु द्धारा स्थापना भएको थियो । पोशाक महासंघ जिल्ला प्रशासान कार्यलय काठमाण्डौँै मा दर्ता भएको थियो ।विभिन्न पोशाक सप्ताहको अनुभवबाट स्वदेशमा नै गर्ने अन्तराष्ट्रिय फेसन सप्ताह गर्ने निचोडको साथ राष्ट्रय पोशाक महासंघ नेपालद्धारा सन्चालन हुन गईरहेको यस अन्तराष्ट्रिय फेसन सप्ताह पोखरामा मिति २०७५ चैत्र…

Read More

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु रिले अनशनमा

पोखरा ।नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको र आफ्ना माग पुरा नगरेको भन्दै गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले आइतबारबाट रिले अनशन सुरु गरेका छन् । आफुहरुले बुझाएको बढी शुल्क विद्यार्थीहरुलाई नै फिर्ता दिनुपर्ने, विद्यार्थीहरुले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उपलब्ध गराउनु पर्ने माग गर्दै विधार्थीहरु विभिन्न चरणमा गरेर माघ १६ गतेबाट आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको भएपनि कुनै चासो नदेखाएपछि विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् । आफुहरुको माग पुरा नभएसम्म रिले असशन जारी राख्ने र केही त्यस्ता अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासन नै जिम्मेवार हुनुपर्ने विद्यार्थी प्रबिन गौतमले…

Read More

मुलुकभरको मौसम आज पहाडी भू–भागमा बदली रहेपनि बाँकी क्षेत्रमा सफा रहने

पोखरा । मुलुकभरको मौसम आज पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् जानकारी दिएका छन् । सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

Read More

करेन्ट लागेर हिजो साँझ एक बालकको मृत्यु

तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर हिजो साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विधुत पोलमा ठोक्किँदा विधुत चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । त्यसैले पोखराको विभिन्न धार्मीक स्थलमा ठुलो भिड लागेको थियो। साथै विद्यालय र क्याम्पसहरुले पनि सरस्वती पूजाको विशेष कार्यक्रम राखेका छन् । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । साना बालबालिकालाई आजकै दिनदेखि…

Read More