धितालमा ल्होसार मेला सुरु, दर्शकको चाप बढ्दो

पोखरा । कास्कीको माछापुच्छ्रे गा.गा–६ हेम्जाकोटमा ल्होसार मेला संचालन भैरहेको छ । । जय बराह युवा क्लबको आयोजनामा संचालीत मेला शनिबार देखी बुधबार सम्म संचालन हुने संचालक सुन्दर गुरुङले जानकारी दिएका छन् । मेला अवलोकनको लागि धिताल, धम्पुस, हेम्जा, ल्वाङ घलेल लगाएतका क्षत्रबाट दर्शकहरुको ओहीरो लागेको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले धिताल पर्यटकीय गनतव्य भएको र त्यहाको सम्भावनालाई उजागर गर्नुपर्ने जोड दिएका छन् । साथै धितालको सडक स्तरोन्तका लागि प्रदेश सरकारबाट एक करोड बजेट बिनियोन भएको र टेण्डरको अन्तिम प्रक्रियामा रहेको जानकारी दिएका छन् ।…

Read More

अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु

पोखरा । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको स्तरोन्नति कार्य थाल्ने लक्ष्यअनुरूप अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु गरेको छ । बजेट समेत विनियोजन गरिएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सडकको स्तरोन्नति कार्य अघि बढिसकेको बताए ।स्तरोन्नति गर्न लागिएका सडकमध्ये नयाँ पुल हुँदै घान्द्रुक जोड्ने सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख छुट्याएको छ भने अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले काँडे हुँदै सल्यान जोड्ने ११ किमि। सडकका लागि रु ७० लाख छुट्याएको छ भने वीरेठाँटी हुँदै उल्लेरी…

Read More

बिसाल नगर टोल बिकास सस्थाको अध्यक्षमा उपेन्द्र न्यउपाने

पोखरा । बिसाल नगर टोल बिकास सस्था पोखरा १४ को चौथो बार्षिक साधारण सभा तथा तेस्रो अबिधेसन सम्पन्न भएको छ । अधिबेसनले उपेन्द्र न्यउपानेको अध्यक्षतामा ११ सदश्यि नया कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा चन्द्र बिक्रम अधिकारी,सचिवमा तिलक तिवारी,कोषध्यक्षमा बिज्ञान गौतम, सह सचिबमा प्रतिमा गिरी चयन भएका छन् । त्यसै गरी सदश्यहरुमा बुद्धिसागर देबकोटा,कृष्ण कुमार श्रेष्ठ, बाबुराम रेग्मी, पुष्प दाहाल,राधिका ढुंगाना र संगिता सुबेदी चयन भएका छन् । निर्वाचन समितीमा कृष्ण बहादुर ढकाल संयोजक रहेको निर्वाचन मण्डलले र्निबिरोध रुपमा उक्त कार्यसमिती चयन गरेको हो । उक्त कार्य समितीको…

Read More

तनहुँमा आइतबार मृत चितुवा फेला

पोखरा । तनहुँमा आइतबार मृत अवस्थामा चितुवा भेटिएको छ । भानु नगरपालिकाको वडा नं। २ र वडा नं। ३ को सिमानामा पर्ने देउराली सामुदायिक वनमा भेटीएको चितुवाले भानुको २, ३ र ४ नम्बर वडा क्षेत्रमा आक्रमण गरी तीन जना बालबालिकाको ज्यान लिने चितुवानै मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन अधिकृत केदार बरालले बताए । चितुवाको गतिवधि नियाल्नका लागि प्रयोग गरिएको फोटो ट्रयापमा कैद भएको तस्विर र मृत अवस्थामा भेटिएको चितुवाको रङ्ग, आकार, शारिरीक बनावोट हेर्दा एकै प्रकारको भेटिएको हुँदा सोही चितुवा भएको डिभिजन वन अधिकृत बरालको दाबी…

Read More

इटाली सरकार महिला कर्मचारीहरुलाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा

एजेन्सी – इटाली सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । सरकारले महिनावारीका समयमा महिलाहरुलार्इ तीन दिन विदा दिने तयारी गरेको हो ।तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएको बताइएको छ । उक्त विधेयक पास भएमा सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले उक्त विधेयकको स्वागत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् । लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै…

Read More

पोखरामा माघ १ देखी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुने

पोखरा । पोखरामा यहि माघ १ गते देखी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रकै कोर्टमा हुने प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । १० टोलीले तीन दिन लिग र चौथो र पाँचौ दिन सेमिफाईनल र फाईनल प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि…

Read More

ब्रतबन्धको भोज खर्च कटाएर छोराको नाउँमा विद्यालयमा अक्षयकोष स्थापना

पोखरा । ब्रतबन्धको भोज भतेरमा हुने खर्च कटाएर एक परिवारले छोराको नाउँमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापनार्थ सहयोग गरेका हुन् । यदुनाथका बाबु स्व. कलाधर अधिकारीको स्मृतिमा विद्यालयको वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मामार्फत विद्यालयलाई शुक्रबार सो रकम प्रदान गरियो ।अक्षयकोषबाट आउने व्याजमार्फत विद्यालयमा हुने विभिन्न क्रियाकलापमध्ये भलिबल, फुटबल, गायन, नृत्य, वक्तृत्वकलामा उत्कृष्ट र प्रतिभावान् विद्यार्थीलाई वार्षिकरुपमा पुरस्कृत गरिने अक्षयकोषदाता सरु अधिकारीले जानकारी दिइन्…

Read More

१६ औं चरणको सत्याग्रह थालेको डा। गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

पोखरा । १६ औं चरणको सत्याग्रह थालेको डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । इलाममा सत्याग्रह सुरु गरेको चौथो दिन शनिबार उनको स्वास्थ्यमा जटिल समस्याहरु देखिन थालेका हुन् । चिकित्सकहरुले बिहान उनको स्वास्थ्य परीक्षण गरेका थिए ।शुक्रबारसम्म भूइँमै सुतिरहेका केसीलाई आजबाट आफ्नो शरीर थाम्न नसक्ने अवस्थामा पुगेपछि बेडमा सारिएको छ । यसैबीच चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनमा बसेका डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउने क्रम पनि बढ्दै गएको छ । सरकारसँग भएको सहमतिअनुसारकै चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्बाट पास गर्नुपर्नेलगायतका ६ बुँदे माग गर्दै डा. केसी गत बुधबारदेखि सत्याग्रहमा…

Read More

अपराध नियन्त्रण गर्न स्कुल स्कुलमा प्रहरी

आदित्य दाहाल समाजमा पछिल्लो समय यौन हिंसा, साइवर क्राइम, लैङ्गिक हिंसा जस्ता विभिन्न किसिमका अपराधहरु बढ्दो रुपमा देखापरेका छन् । प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थीक बर्षको २०७४÷०७५ मा मात्रै एकहजार ४८० बलत्कारका घटना भएको देखिन्छ । त्यस्तै साइवर अपराध, लैंगिक हिंसा र घरेलु हिंसा पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  समाजमा बलात्कार, जबरजस्ती करणी, बहुविवाह, सम्बन्ध बिच्छेद, साइवर अपराधका घटनाहरू प्रतिदिनजस्तो भइरहेको छ । घटना न्यूनिकरणका लागि प्रहरी, स्थानीय संघसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्यहरु गर्दै आइरहेका छन् । तर यस्ता कार्यक्रमले अपराधहरु केही हदसम्म न्यूनिकरण गरेको भएतापनि…

Read More

‘थोपा थोपा रसाएर’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार वाक्सेली थापाकोे ‘थोपा थोपा रसाएर’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सकिँदै गएको जिवन प्रतीको गुनासो र बाँकी रहेको जिवप्रतीको आशक्ती युक्त भावले भरिएको यस गीतमा वरिष्ठ गायिका संगीता राणा प्रधानले स्वर भरेकी छिन् । यस आधुनिक गीतमा शब्द कवि वाक्सेली थापाको र संगीत चर्चित संगितकार सन्तोष श्रेष्ठको रहेको छ । विष्णु अधिकारीले एरेन्ज गरेको यो गीतकोे लिरिकल भिडियो म्युजिक नेपालमार्फत प्रकाशनमा आएको हो । गीतको लिङ्क ः https://www.youtube.com/watch?v=X-xvguvwrLM

Read More