डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि  राति काठमाडौं लगियो

पोखरा। चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशनरत प्रा।डा।गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिल समस्या देखिन थालेको छ । यसरी दिन प्रतिदिन स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई गएरातिइलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । डा। केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ ।हिजोदेखि उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…

Read More

विश्व च्याम्पियन बडि बिल्डर महेशलाई मेगा जिमले पोखरामा सम्मान गर्ने

पोखरा । बडि बिल्डिङ्गको विश्व च्याम्पियन उपाधी विजेता नेपाली बडि बिल्डर महेश महर्जनलाई पोखरामा सम्मान गरिने भएको छ । पोखरा ट्रेड मलमा रहेको मेगा जिम प्रालिले महेशलाई शनिबार नगद सहित सम्मान गर्न लागेको हो । महेशले थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका थिए । यो संगै काठमाण्डौका विभिन्न संघसंस्थाहरुले उनको सम्मान गरिसकेको छ । पोखरामा भने उनको पहिलो पटक सम्मान गरिन लागेको हो । मेगा जिमले आफ्नों वार्षिकोत्सवको अवसर पारेर महेशलाई सम्मान गर्न लागेको हो । मेगा जिमका नियमित…

Read More

मालढुंगामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचको सनाखत

पोखरा। पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।मृत्यु हुने मध्ये तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार, उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन, विषमाया पुन र बाग्लुङ्ग नगरपालिका–४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।अन्य…

Read More

आफ्नै जेठाजु मारेको आरोपमा ८ वर्षपछी बुहारी पक्राउ

पोखरा। ज्यान सम्बन्धी कसूर मुद्धाका योजनाकार सहित दुइ जनालाई ८ वर्षपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी सार्वजनिक गरेको छ । २०६८ साउन ९ गतेदेखि हराएका व्यास–४ बाघ भञ्ज्याङका राम बहादुर परियारको योजनावद्ध रुपमा हत्या गरेको आरोपमा साविक मनपाङ गाविस–७ स्थायी घर भई हाल व्यास–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मंगल बहादुर दमै र ४२ वर्षीया भारु भन्ने भारती परियारलाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको हो । राम बहादुर परियारलाई सुक बहादुर परियार र मंगल बहादुर दमैले घरबाट दुलेगौंडा जाने भनि लगेका थिए । सोही दिनदेखि रामबहादुर परियार हराइ वेपत्ता…

Read More

कृषियोग्य जमिन लागातार तीन वर्षसम्म बाँझो राखेमा जरिवाना

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गा कित्ताकाटको अधिकार स्थानीय तहलाई हुने गरी भू-उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संसद् सचिवालयमा दर्ता भएको छ । विधेयकमा प्रत्येक स्थानीय तहले भू-उपयोग क्षेत्र तथा योजनाको कार्यान्वयनका लागि भू-उपयोग परिषद् गठन गर्नुपर्ने अर्थात् स्थानीय तहले स्थानीय भू-उपयोग परिषदको रूपमा कार्य गर्ने विधेयकमा उल्लेख गरिएको छ । परिषदले आफ्नो कार्य सम्पादनका लागि सम्बन्धित विषयका विज्ञको सहयोग लिन सक्ने समेत विधेयकमा उल्लेख छ ।परिषदले स्थानीय भू-उपयोग योजना स्वीकृत गर्ने, भूमिसम्बन्धी लगत संकलन, विश्लेषण र उपयोग गर्ने लगायतका कार्य गर्नेछ । त्यस्तै…

Read More

पर्वतको मालढुंगामा बस दुर्घटना ,३ को मृत्यु ३५ घाईते

पोखरा। पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६८०८ नम्बरको बस मालढुंगा पुल भन्दा १ किलोमिटर माथी भीरबाट पल्टिएको हो । दुर्घटनामा ३५ जना घाईते भएका छन् । घाईतेहरुको बागलुङ अस्पतालमा उपचार भैरहेको छ । घाईतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पर्वतका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

Read More

पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट, एकको मृत्यु ४ घाईते

पोखरा। काठमाडौंका गोंगबुस्थित एक पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएको छ । बिष्फोटनमा एक जनाको मृत्यु भएको छ । भने ४ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढीका काजी तामाङ छन् ।घाईतेहरुको भने उपचार भइरहेको प्रहरीले बताएको छ ।

Read More

चीनले अन्तरिक्षमा पठाएको कपासको बीउ टुसायो

एजेन्सी । चीनको अन्तरिक्ष अभियान चांग’अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ। यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।चीनको चांग’अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो।उक्त यान गत ३ जेनुअरीका दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा…

Read More

पोखराका गोपाल श्रेष्ठको बृतचीत्र अन्तराष्ट्रिय प्रतिष्पर्दाको अन्तिम चरणमा

पोखरा । पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा एच आई भी संक्रमित सगरमाथा आरोहण अभियानमा रहेका गोपाल श्रेष्ठ पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णु प्रसाद गौतमले निर्माण÷निर्देशन गरेको वृत्तचित्र मा केन्द्रित रहेको निर्देशक गौतमले जानकारी दिए । सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र थाईल्याण्डमा आयोजना हुने एशियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ । विभिन्न चार चरणको छनोट प्रकृया पछि अन्तिम १२ मा पर्न सफल भएको हो । लागु पदार्थ प्रयोग कर्ताहरुको एशियाली संजालले आयोजना गरेको प्रतियोगितामा नेपाल लगाएत एशियाली मूलुकहरुका चलचित्र निर्माताहरुको आवेदन परेको आयोजकले जनाएका…

Read More

आज देशभर माघे संक्रान्ति पर्व मनाइएको, राष्ट्रिपति भण्डारीद्धारा शुभकामना

पोखरा । आज देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।माघे संक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा जुधाएर रमाइलो गर्ने अनौठो चलन छ ।आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर…

Read More