चैत्र २२ गते ‘पोखरामा प्रमोद खरेल’

पोखरा । यहि चैत्र २२ गते एभिन्यु ग्रुप अफ कर्मशको आयोजना र मनिटरिङ पिस फाउण्डेसनको सह आयोजनामा ‘पोखरामा प्रमोद खरेल’ एकल साँझ कार्यक्रम हुने भएको छ । पोखरा सभागृहमा दिउँसो ४ बजे हुने उक्त कार्यक्रममा प्रमोद खरेलले आफ्नो १० वटा गीतहरु प्रस्तुत गर्ने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा खरेल सहित गायिका मिना निरौला, हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेल, अभिनेत्री केकी अधिकारी लगाएतको प्रस्तुती रहने बार्दली मिडियाका प्रोपाईटर मन क्षेत्रीले जानकारी दिएका छन् । अन्य ठाउँहरुमा लाइभ ब्याण्डहरुको माध्यमबाट धेरै कार्यक्रमहरुमा खरेलले प्रस्तुती दिएको भएपनि पोखरामा नै पहिलो पटक यसरी…

Read More

लिगलिग पालुङटार मेयर कप फुटबलमा गोरखा र पुतलिबजार सेमी फाईनलमा प्रबेश

गोरखा गोरखाको पालुङटारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा गोरखा नगरपालिका गोरखा र पुतलिबजार नगरपालिका स्याङजा सेमी फाईनलमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा गण्डकी गाउँपालिका गोरखालाई ६–० गोल अन्तरले पराजित गर्दै गोरखा सेमिफाईनल प्रबेश गरेको हो । गोरखालाई सेमिफाईनलमा पु¥याउन म्यान अफ द म्याच हुन सफल जर्सि नं ६ का जमिर मास्केले ह्याट्रिक गरका थिए । जर्सी नं १२ का कृष्ण परीयारले २ र जर्सी नं ९ का अर्जुन गुरुङले एक गोल थपे । तर गण्डकीले एक गोल पनि फर्काउन नसकेको…

Read More

पोखरामा गाडी चढ्न पैसा चाहिँदैन

पोखरा । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र काठमाण्डौंको एनक्लाउड कम्पनी बीच आइतबार सम्झौता भएको छ । यो प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ । कार्डलाई १ सय ५० रुपैयाँ पर्ने र एक पटकमा…

Read More

हिमालय क्लवको अवलोकन भ्रमण

पोखरा । हिमालय क्लव पोखरा १६ बाटुलेचौरको नियमित बार्षिक कार्यक्रम नवलपूर जिल्लाको अमलटारीमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको अवलोकन भ्रमण सम्पन्न भएको छ । थारु साँस्कृतिक रहनसहनको अध्ययन गर्न हिमालय क्लवको एक टोली सो स्थानमा पुगेको थियो । सहभागी टोलीलाई होमस्टे व्यवस्थापन समितिले स्वागत गरेको थियो । सहभागीहरुले थारु साँस्कृतिक कार्यक्रम, नवलपुरको शाश्वत धाम र मूनाल फुड्स प्रा.लि.को पनि अवलोकन गरेका थिए । गैंडाकोट नवलपुरमा रहेको विजय विकास श्रोत केन्द्रसँग हिमालय क्लवले अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य,…

Read More

लिगलिग पालुङटार मेयर कप फुटबलको  क्वाटर फाइनलमा गैंडाकोट नगरपालिका र देवचुली नगरपालिका  विजयी

गोरखा  गोरखाको पालुङटारमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता को क्वाटर फाइनलबाट आयोजक पालुङटारको दुवै टिम बाहिरिएको छ । क्वाटर फाइनलको (शनिबार) भएको भएको पहिलो क्वाटर फाईनल खेलमा गैंडाकोट नगरपालिका र देवचुली नगरपालिका विजयी भएका छन् ।पहिलो खेलमा गैंडाकोट नगरपालिका नवलपुरले ले आयोजक पालुङटार बी गोरखालाई १ – ० ले हराएको छ । सो खेलमा विजयी टिम गैंडाकोटका रोशन दर्लामी मगर म्यान अफ दी म्याच घोषित भएका छन् । निकै प्रस्तिपर्धात्म रुपमा भएको खेलमा पालुङटारले आत्मघाती गोल गरे पछि गैंडाकोटले विजयी हुने अवसर पाएको थियो…

Read More

गुल्मीको पहिचान बोकेको, रोईला गित सार्बजनिक हेर्नुहोस (भिडिया सहित)

पोखरा  गुल्मी जिल्लाको पहिचान बोकेको रमाइलो रोइला गित “गुल्मी” बोलको आज एक कार्यक्र गरि सार्बजनिक भएको छ । बुटवलमा आज सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । “गुल्मी” बोलको रोइला भाकाले समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ । लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पणको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव दिएका छन । गित बिमोचन कार्यक्रममा बोल्दै उनले…

Read More

कास्की आदर्श सेवा समाज युएईले नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

पोखरा । कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नयाँ वर्ष २०७६ को पावन अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय जिल्ला स्तरीय समाज कास्की आदर्शले यस कार्यक्रमबाट प्राप्त मुनाफा आपद विपदमा परेका युएईमा कार्यरत कस्केलीहरुको उद्दार तथा सहयोगका लागि “आपतकालीन कोष” स्थापना गर्ने जनाएको छ । आगामी अप्रिल १२ का दिन दुवईको बरदुवई स्थित होलिडे इन होटलको हलमा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु वरिष्ठ लोकदोहोरी गायक एवं कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, चर्चित लोकदोहोरी गायिका तुलसा क्षेत्री, हास्य कलाकार पोख्रेली माग्नेबुढा युवराज भण्डारी…

Read More

मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न

पोखरा । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने तेस्रो वाई–वाई मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी नेपालकी अध्यक्ष सुमन गुरुङ, समाजसेवी विश्वमोहन गौचन, महिला उद्यमी विष्णु गुरुङ एकता, सिजी ब्रुअरीका रिजन म्यानेजर, सुबोध रिसाल, सिजी फुड्सका म्यानेजर धनलाल न्यौपाने र दिलिप सिजापतीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले संस्कृति संरक्षणमा हामी दिदीबहिनीहरूनै निरन्तर लाग्नु पर्ने बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर हुनु पर्ने बताईन् । कार्यक्रममा फाइनलमा प्रवेश…

Read More

नन्दन सामुदायिक वन समूह गैंडाकोट आगलागी र डढेलो जन्य गतिविधि रोक्न सक्रियता जनाउदै

गैंडाकोट नन्दन सामुदायिक वन समूह गैंडाकोटले आगलागी न्यूनीकरणका लागि सक्रिय भएको छ । वनले गर्मी मौसम लागेसँगै आगलागी र डढेलो जन्य गतिविधि देखिने भन्दै त्यसतर्फ सक्रियता बढाएको हो । गैंडाकोट नगरपालिकाको ६, ७ र ९ नंं। वडामा फैलिएको वन समूहले समयमै यस्तो योजना बनाएको वन समूहका अध्यक्ष घनश्याम कंडेलले समृद्धि खबरलाई बताउनुभएको छ । प्रभावकारीरुपमा योजनालाई सफल पार्न समूहले ६ जना अतिरिक्त कर्मचारीसमेत नियुक्ति गरेको छ । अस्थायीरुपमा ६ जना कर्मचारीलाई नियुक्ति गरी वन समूहमा आगलागी हुन नदिने योजना रहेको अध्यक्ष कंडेलले बताउनुभएको छ । दैनिक रुपमा समूहका कर्मचारी र…

Read More

च्याउ फार्ममा आगलागी, तीन लाख बराबरको क्षति

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ वागमाराका कृष्णप्रसाद सुवेदीको च्याउ फार्ममा आगलागी भएको छ । सुवेदीको पोखरा १९ पुरुञ्चौरमा रहेको दाजुभाइ च्याउफार्ममा शुक्रबार राति १२ बजे आगलागी भएको हो । आगलागीबाट ५ हजार टनेल च्याउ करिब ३ लाखको हाराहारीमा क्षति भएको सुवेदीले जानकारी दिएका छन् । राति नै आगलागी भएता पनि विहान ८ बजे मात्र जानकारी पाएको सुवेदीले बताएका छन् । उनका अनुसार जानकारी पाउने वित्तिकै माछापुच्छ«े गाउँपालिका वडा नं. २ भुजुङ खोलामा रहेको प्रहरी चौकीमा निवेदन दिएका छन् । च्याउ खेतीका लागि लगाउन तयार गरिएको टनेल भएकोले धेरै…

Read More