पोखराको ट्राफिक कार्यालयमा ३ सय ५० बेवारिसे मोटरसाइकल

पोखरा ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ८ बर्ष यता मोटरसाईकल थन्किएका छन् । करिब ३ सय ५० मोटरसाईकल र आधा दर्जन गाडीहरु अहिले ट्राफिक कार्यालय परिसर पोखराको कवाडी जस्तै गरि राखीएका छन् । विभिन्न समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिईएका मोटरसाईकल र गाडीहरु अहिलेसम्म धनीले लिन आएका छैनन् । कानुन अनुसार नचलाईएका मोटरसाईकल र गाडीलाई नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए । धेरैजसो मोटरसाईकल रिन्यु फेल भएका छन् । ‘५ बर्ष रिन्यु नगरेपछि पुनः नयाँ सरह दर्ता प्रक्रिया सुरु हुन्छ । अलि बढी झण्झटिलो र मोटरसाईकलहरु पूराना…

Read More

जीप दुर्घटनामा परि बेहुलाका आमा  बुवासहित ६ को मृत्यु

पोखरा । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा(बुवासहित ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएका हुन् । मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण…

Read More

छैटौं इक्यान शैक्षिक मेला आजबाट शुरु

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी बुधबारबाट ‘इक्यान शैक्षिक मेला’ भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा पोखराको सभागृह हलमा मेला संचालन हुदैछ । मेला ३ दिनसम्म चल्ने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । मेलामा विद्यार्थी तथा अभिभाबकहरुको उत्साहजनक सहभागिता रहनेमा आफूहरु विश्वस्त रहेको क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले भने, ‘एकै थलोमा दर्जनभन्दा बढी देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेट्ने अवसर मेलामा…

Read More

सात वर्षीय बालक अपहरण गर्ने तीन जना अपराधी पक्राउ

पोखरा । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका…

Read More

पोखरामा चौथो यूनिप्स अन्तर विद्यालय खेलकुद प्रतियोगिता पूष १ बाट

पोखरा । निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो खेलकुद प्रतियोगिता पूष १ गते बाट संचालन हुने यूनिप्सका अध्यक्ष शान्ता गुरुङले जानकारी दिएकी छिन् । प्रतियोगितामा १८ विद्यालयका करिब ३ हजार विद्यार्थीहरुको सहभागिता रहनेछ । पोखरा रंगशालामा पूष ३ गते सम्म संचालन हुने प्रतियोगिताको खुल्ला विधा तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल, हुनेछन भने सिनियर–जुनियर विद्यार्थीतर्फ एथलेटिक्स र कब्बडीका खेलहरु हुने प्रतियोगिता संयोजक एवम संस्थाका निवर्तमान अध्यक्ष ध्रुब गिरीले बताए । प्रतियोगितालाई सफल बनाउन संस्थाका निर्वमान अध्यक्ष गिरीको संयोजकत्वमा ९ सदस्यिय प्रतियोगिता मुल…

Read More

चितुवाबाट बच्न सचेतना कार्यक्रम

पोखरा । चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि डिभिजन वन कार्यालय तनहुँले भानु नगरपालिका क्षेत्रमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले चितुवाको बानी व्यवहार, क्रियाकलाप र मानिसलाई आक्रमण गर्ने अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको हो । कार्यालयका प्रमुख केदार बरालले चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा दुई बालक र एक बालिकाको मृत्यु भएपछि विद्यालयस्तरमा पुगेर यसबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई जानकारी दिन थालिएको जानकारी दिनुभयो । साँझ र बिहानको समयमा गाउँघरमै आई बालबालिकालाई आक्रमण गर्न थालेकाले चितुवाका विषयमा जानकारी गराई सुरक्षित रहने उपायबारे जानकारी…

Read More

गुल्मीमा याफ्टिङ परीक्षण

पोखरा । गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रवती) खोलामा र्‍र्‍याफ्टिङको परीक्षण सफल भएको छ । सत्यवती गाउँपालिकाले पर्यटन व्यवसायलाई अघि बढाउने उद्देश्यले चितवनको फिस्लिङबाट मगाएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेको हो । सत्यवती गाउपालिका ५ को, साहाघाटदेखि सत्यवती १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर दूरीमा र्‍याफ्टिङ्ग गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादव भण्डारीले बताए । र्‍याफ्टिङको परीक्षण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बोटमा चढेर गरेका थिए । सत्यवती गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको…

Read More

आत्मनिर्भर बन्दै कैदीबन्दी

पोखरा । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् । कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै आएका हुन् । तनहुँ कारागारमा केही कैदीबन्दीले मुढा कम्पनी नै खोलेर सबै कैदीबन्दीलाई रोजगारीको वातावरण सिर्जना गराएको कैदीबन्दीका नाइके नरबहादुर थापाले जानकारी दिए । कैदीबन्दीले निर्माण गरेका मुडा आकर्षक हुनाका साथै बलियो हुने हुँदा मुढा किन्ने मानिस कारागारमै…

Read More

हेमजामा श्रीमद्भागवत सुरु

हेमजा, पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित श्री नर्बदेश्वर तथा श्री राधा कृष्ण मन्दिरमा श्रीमद्भागवत सत्सङ्ग प्रबचन आइतबार सुरु भएको छ । यो अमुल्य मानब चोलामा श्रीमद्भागवत सत्सङ्गको असाध्यै महत्व भएकोले र असाहाय बालकहरु सहयोगार्थ श्री जगतगुरु आश्रम गोपाल धामका बालब्यास श्री नारायण शरण पौडेल ज्युको मुखारबृन्दबाट श्रीमद्भागवत सत्सङ्ग प्रबचन आजदेखि मंसिर २९ गतेसम्म हुने छ ।

Read More

नयाँबजार मेलामा आज बिक्रमको प्रस्तुती

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लागेको थियो। मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला हेर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३२ हजार जनाले मेला अवलोकन गरेको अनुमान थियो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको थियो । संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’ मेला अब दुई…

Read More