विद्यालयको जग्गामाथि चलखेल ! स्थानीयवासीको विरोध

कमल पौडेल अथक/पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ जामुनवोटमा स्थित रत्न आधारभूत विद्यालयको स्वामित्वमा रहेको १३८ रोपनी जग्गामा चलखेल वढेको छ । हालै सो विद्यालयमा गणपुरक विद्यार्थी नपुगेर विद्यालय नै खारेज भएपछि विद्यालयको जग्गामाथि विभिन्न संस्थाले आँखा गाडेका हुन् । करिव ३ अर्व वरावरको विद्यालयको जग्गामा रातारात स्थानीय जनप्रतिनिधि र माफियाको मिलेमतोमा चलखेल बढको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । हाल सो विद्यालयको जग्गामा भूमाफियाको चलखेलमा जग्गा अन्य प्रयोजनको लागि दिने गोप्य सहमति गरेको वुझिएको छ । शिक्षण संस्था वाहेकको कुनै एक प्रचार संस्था राख्ने भन्दै भूमाफियाहरुले जग्गामा…

Read More

सुकुम्बासीको दीर्घकालीन समाधान खोज्छौं : मेयर जिसी

पोखरा । पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले सुकुम्बासी समास्यलाई दीर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । भूमिहीन अधिकार मञ्च पोखराको आइतबार ज्ञापनपत्र बुझ्दै मेयर जिसीले सुकुम्बासी समस्या साझा भएकाले प्रदेश सरकारले कानुन बनाएपछि महानगरपालिकाले उपयुक्त स्थान खोजेर दीर्घकालीन रुपमा समाधान हुनेगरी काम गर्ने बताए । ‘भूमिहीनको समस्या समाधान र व्यवस्थापन छिट्टै गरिने छ’, मेयर जिसीले भने,‘ वास्तविक भूमिहीनको पहिचान गरेर समस्याको उपाय खोजिने छ ।’ भूमिहीन सुकुम्बासीको स्वास्थ्य, शिक्षा, लगायतका मौलिक अधिकारको बारेमा महानगर सचेत रहेको भनाइ मेयर जिसीको छ । उनले भूमिहीन अधिकार मञ्चका सदस्यहरुलाई आगामी आर्थिक वर्षमा…

Read More

वुद्धजयन्ती तथा श्री श्री आनन्दमुर्तिको जन्मजयन्तीमा मानवसेवा आश्रममा सहयोग 

पोखरा । आनन्दमार्ग प्रचारक संघ नेपाल, कास्की शाखाले श्री श्री आनन्दमुर्तीको जन्मजयन्तीका आवसरमा मानव सेवा आश्रम पोखरामा नगद सहित खाद्यसामाग्रीहरु हस्तान्तरण गरेको छ । नगद तथा जिन्सी गरी २२ हजार २ सय ४१ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । चामल, दाल, मसला, चिनी, विस्कुट, वाल्टिन लगायत १५ हजार २ सय ४१ रुपयाको जिन्सी सामाग्री नातिनी सहारा थापाकोे तेश्रो जन्मदिनको अवसरमा हजुरबुवा दलवहादुर  र हजुरआमा नानीमाया थापाले हस्तान्तरण गरेका हुन भने आनन्दमार्गीहरुले संघका तर्फबाट ७ हजार नगद हस्तान्तरण गरे । संघका केन्द्रीय सदस्य विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकारकर्मी तथा आनन्दमार्गी …

Read More

प्रहरीको स्विप अप्रेशन,एकै दिन ९ के.जी गाँजासहित ८ व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा २०७४ श्रावण २७ गतेदेखी १५ बुदे कार्ययोजना बनाई कास्की जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्पुर्ण कस्केली जनता ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार, सामुदायिक सेवा केन्द्र, नागरीक समाज, ब्यावसायी, सेवा निबृत कर्मचारी ,बहालवाला कर्मचारी सरोकारवाला निकाय को साथ, सहयोग र अमुल्य सल्लाह सुझाव लिई कार्य सम्पादन गर्दै अगाडी बढ्ने क्रममा  पोखराका युवा पुस्ताहरुमा बिकराल रुपमा फैलिदै गरेको अबैध लागू औषधको प्रयोग जस्को कारणले समाजमा फैलिदै गरेको अपराधिक क्रियाकलाप विकृति/बिसगती, बिभिन्न भयानक रोगहरुको अन्त गरी सुन्दर समाजको निर्माणको लागी मजकुर कार्यालयहरुको निर्देशनलाई…

Read More

चिलाउनेखर्क होम स्टेका संचालक सिरुवारीमा

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१, निर्मलपोखरीस्थित चिलाउने खर्क सामुदायिक होम स्टे संचालकहरुले स्याङ्जाको सिरुवारी होम स्टेको अवलोकन भ्रमण गरेका छन् । अवलोकन भ्रमण गएको टोलीलाई सिरवारी पर्यटन समितिका अध्यक्ष जुमबहादुर गुरुङले स्वागत गर्दै होम स्टे संचालन गर्नु र धेरै मान्छे आउने वनाउनु मात्रै ठुलो कुरा नहुने वताएका थिए । उनले होम स्टे संचालनको लागि सरसफाई, स्थानिय उत्पादन, साँस्कृतिक कार्यक्रम पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । भ्रमणटोलीको नेतृत्व चिलाउने खर्क होम स्टेका अध्यक्ष मानबहादुर थापामगरले आफ्नो गाउँलाई पनि पर्यटकिय क्षेत्र वनाउँने उद्धेश्यले घरवास कार्यक्रम संचालन गर्नका लागेको र…

Read More

पोखरालाई अपराधीको सेल्टर हुन दिन्न : एसपी सिंह

पोखरा । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पर्यटक र अन्य सुरक्षाका लागि पोखराका सबै होटलले सीसी टीभी क्यामेरा राख्नुपर्ने सुझाव राखे । कतिपय पर्यटकीय होटल भित्र त्यस्ता क्यामेरा भए पनि होटल अगाडिको भाग देखिने गरी सबै होटलले क्यामेरा जडान गर्दा सुरक्षा व्यवस्थामा सहयोग पुग्ने भनाई राखे । पोखराबाट कतिपय अवस्थामा ठूलै अपराधीहरु पक्राउ गरी आफूले सम्बन्धित क्षेत्रमा हस्तान्तरण…

Read More

लायन्समा चुनावी दौड, द्धितिय भाइस गर्भनरका लागि मणिश्रीको प्रतिवद्धताहरु घोषणा

पोखरा, ६ बैशाख लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि १ नेपालको ७ र ८ गत पोखरामा हुने छैंठौं राष्ट्रिय महाधिवेशनमा द्धितिय भाइस गर्भनरको पदका लागि मणिश्री रत्न बज्राचार्यले आफ्नो उम्मेदबारी प्रस्तुत गरेका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरि बज्राचार्यले लायन वर्ष २०१८—१९ का लागि उम्मेदवारी प्रस्तुत गरेका हुन् । मणिश्री जिताऔं अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदबार बज्राचार्यले डिष्ट्रिकका महत्वपुर्ण पदहरु जोन, रिजन हुदै क्याविनेट सेक्रेटरीको भुमिका निर्वाह गर्दै आफुलाई अव्वल प्रमाणित गरिसकेको उनले दाबी गरे । उनले संस्थाको गरिमा र आदर्शलाई कायम राख्न, गुणस्तरिय सदस्यता वृद्धि गर्न,उचित…

Read More

भाषा संघ नेपालको शुभकामना आदानप्रदान

पोखरा । भाषा संघ नेपालले नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रम शुभकामना आदानप्रदानसँगै विविध समसामयिक विषयमाथि छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्था अग्रपंक्तिमा पुग्न सफल बनोस भन्ने शुभकामना दिनुका साथै संस्थाले उल्लेखनिय कार्यहरु गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार विक्रम उदास, प्रथम उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष कोपिला भुजेल, सचिव मोतिप्रसाद श्रेष्ठ, सल्लाहाकार युवराज पौडेल, सदस्य पुर्णबहादुर थापा, पुर्णकुमारी गुरुङ्ग लगायतले बोलेका थिए । भाषा संघ नेपालका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पूर्णप्रसाद न्यौपानेले गरेका…

Read More

पुरुन्चौरमा स्वास्थ्य शिविर

पोखरा । जनसेवा बचत तथा ऋण सहकारी पोखरा–पुरुन्चौरले शनिबार आयोजना गरेको निशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षणमा ३ सय ५२ जनाले रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले धूमपानले मुटुरोगका समस्या निम्त्याउने बताए । उनले भने, ‘मैले उपचार गरेका हृदयघात भएका बिरामीमध्ये ९० प्रतिशतले धूमपान गर्ने गरेको बताए । यसले रगतमा हुने खराब बोसो बढाउछ र आवश्यक बोसो चाहिँ घटाइदिन्छ ।’ डा. काफ्लेले खानपान र जीवनचर्या सन्तुलित बनाउन सके मधुमेहको जोखिमबाट धेरै हदसम्म बाच्न सकिने…

Read More

मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गियो

पोखरा । प्रदेश नं ४ सरकार सम्मिलित स्थानिय सरकार र पूर्व राष्ट्रिय खेलाडी सम्मिलित भूतपूर्व खेलाडी मंच बिचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवश मनाउन पोखरा रंगशालामा उत्साहका साथ आएका प्रदेश ४ का मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ कप्तानी गर्दै मैदान छिरेका थिए । रेफ्रीले खेल सुरु भएको संकेत गरे । खेल प्रतिष्पर्धात्मक नै थियो । तर खेल सुरु भएको १५ मिनेट बित्न नपाउँदै मेघ गर्जन सहित आएको वर्षाले खेलमा बाधा पु¥याएयो । प्रदेश सांसदहरु र पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिशी, वडा अध्यक्षहरुको…

Read More