हेमजामा श्रीमद्भागवत सुरु

हेमजा, पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित श्री नर्बदेश्वर तथा श्री राधा कृष्ण मन्दिरमा श्रीमद्भागवत सत्सङ्ग प्रबचन आइतबार सुरु भएको छ । यो अमुल्य मानब चोलामा श्रीमद्भागवत सत्सङ्गको असाध्यै महत्व भएकोले र असाहाय बालकहरु सहयोगार्थ श्री जगतगुरु आश्रम गोपाल धामका बालब्यास श्री नारायण शरण पौडेल ज्युको मुखारबृन्दबाट श्रीमद्भागवत सत्सङ्ग प्रबचन आजदेखि मंसिर २९ गतेसम्म हुने छ ।

Read More

नयाँबजार मेलामा आज बिक्रमको प्रस्तुती

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लागेको थियो। मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला हेर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३२ हजार जनाले मेला अवलोकन गरेको अनुमान थियो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको थियो । संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’ मेला अब दुई…

Read More

विश्व सुन्दरीमा जितको नजीक नेपाल

पोखरा । आज मिस वर्ल्डको फाइनल चीनमा हुँदैछ। अहिले सान्या, चीनमा भईरहेको मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला खतिवडा हालसम्म सहभागी नेपाली सुन्दरीहरुको दाँजोमा सफल देखिएकी छन् । आज हुने अन्तिम प्रतिस्पर्धाका लागि उनी सबै हिसावले तयारी अवस्थामा छिन्। नेपाली समय अनुसार वेलुका पौने ५ बजे फाइनल सुरु हुनेछ। नेपालमा जुन टेलिभिजनबाट फाइनलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। मिस वर्ल्डको घोषणा युट्युब च्यानलमार्फत नेपालबाट पनि प्रत्यक्ष हेर्न सकिने बताइएको छ । यस्तै डिसेम्बर ३ तारिख् अर्थात यहि सोमबारकै दिन साँझ आयोजित मिस वल्र्डको अर्को विधा व्युटी विथ ए…

Read More

इक्यान शैक्षिक मेलाको तयारी तिब्र

पोखरा । छैठौं संस्करणको इक्यान शैक्षिक मेला’ आगामी २६ गतेदेखि पोखरा सभागृहमा हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको वृहत एजुकेसन फेयर २८ गतेसम्म संचालन हुनेछ ।गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भएको यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने आयोजक इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले जानकारी गराए । मेला नेपाली विद्यार्थीहरुलाई विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको…

Read More

नयाँबजारको मेलामा आज अभिनासको प्रस्तुती

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताईन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवारमा पनि वृद्धि भएको छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार अर्थात आज मंसिर २१ गते चर्चित पप गायक…

Read More

तेस्रो काहुँ धरहरा महोत्सवको तयारी तिव्र,

पोखरा/ पोखरा महानगरपालिका –११ काहुँडाँडामा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । काहूँको प्रवद्र्धनका लागि “काहूँ दृश्यावलोकनको एक गन्तव्य” भन्ने नाराका साथ स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबले यही मङ्सिर २८ देखी पुस ८ सम्म महोत्सव आयोजना गरेर काहूँको प्रचारप्रसार गर्ने लक्ष्य राखेका छन् । पोखराबाट नजिकको दूरीमा रहेरपनि पछाडी परेको काहुँको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला बताउँछन्। “यहाँको पर्यटन विकासनै महोत्सवको पहिलो प्राथमिकता हो । अहिले दृश्यावलोकनका सराङकोटलाई मात्र लिने सन्दर्भमा काहूँ धरहराको प्रवद्र्धन गर्ने ध्येय हो।” उनले भने । बास्तोलाले…

Read More

बेगनासताल किनारामा पितृउद्दार महायज्ञहुने

पोखरा , पोखराको दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा आवश्यक पूर्वधार निर्माण गरि उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने पहल स्वरुप मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा आयोजना गर्न लागिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको तयारी पुरा भएको छ ।श्रीमद भागवत विराट ज्ञान महायज्ञ मूल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन आयोजना गरि सो जानकारी दिएको हो । बेगनासताल लगायत अन्य क्षेत्रमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृउद्दार धार्मीक कार्य अन्र्तगत यो महायज्ञ गरिन लागिएको हो । पूर्वीय दर्शन अनुसार पितृ तथा मृतात्माहरुको शान्तिले पनि…

Read More

युथ क्रियशनको घेरो पोखरामा मङ्सिर २१ गतेदेखि

अञ्जना पैडेल, पोखरा । पोखरामा यहि मङ्सिर २१ देखि नाटक घेरो मञ्चन हने भएको छ । युथ क्रियशन थिएटरको प्रस्तुति नाटक घेरो यहि मंसिर २१ गतेदेखि २९ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ । जसलाई कपिल शर्माले निर्देशन गरेका छन् । समाजमा भएको अन्धविश्वास तथा कुरीतीहरुलाई नाटक घेरेले ठकमक्कै घेरेको र समाजमा घटिरहने घटनालाई टपक्कै टिपेर नाटक बनाएको लेखक केदार पौडेलले बताए । पोखराको रंगमञ्चमा भईरहने नाटकभन्दा केही फरक शैलीमा नाटक निमार्ण भएको निमार्ण समितिले बताएको छ । घेरो एउटा बालन शैलीमा लेखीएको लोक नाटक हो । नाटकममा…

Read More

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ६४ करोड २० लाख बराबरको बजेट पास

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो बैठकले ६४ करोड २० लाख रुपैयाँ बराबरको बजेट पास गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले दिएको २२ करोड २० लाखको बजेट र प्रतिष्ठानको आन्तरिक आम्दानीबाट उठेको ४२ करोड रुपैयाँको बजेट पास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका १० एजेन्डाहरुसमेत प्रस्तुत् गरिएको थियो । बजेट आएको ६ महिनापछिमात्र बैठक बसेर बजेट पास गरेका कारण धेरै काम रोकिएको प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए । २०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भइ प्रतिष्ठान स्थापना गरिएको…

Read More

१५ औँ लेखनाथ महोत्सव पौषको पहिलो सातादेखि  

पोखरा / १५ औँ लेखनाथ महोत्सव पौषको पहिलो सातादेखि सुरु हुने भएको छ । “महोत्सव लेखनाथको संस्कृित, स्थानिय उत्पादन, विकास र सम्वृद्धि” भन्ने मुल नाराका साथ आयोजित महोत्सव आगामी पौष ५ गतेदेखि १६ गते सम्म संचालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, स्थानिय उत्पादन एवं उद्यमशिलता प्रविधि हस्तान्तरण, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाज जर्गेनामा टेवा पु¥याउने साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्धन गर्ने प्रचारप्रसार उपसमितिका संयोजक…

Read More